अभिनयमा डेब्यु गर्दै मनाङे

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८०
dipak-manage1678951534

पोखरा। गण्डकी प्रदेशका सदस्य एवं पूर्व मन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् ।
अभिनेता अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’ मा उनी मुख्य भूमिकामा देखिने छन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ ।

सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको ९० प्रतिशत छायांकन नेपालमा र एक गीतसहितको बाँकी छायांकन अष्ट्रेलियामा हुने अभिनेता श्रेष्ठले बताए । एक्सन र लभस्टोरी आधारित यो फिल्ममा ३ नायक र २ नायिका हुने छन् ।

मनाङले पहिलो पटक फिल्म ‘वन वे’ निर्माण गरेका थिए । पछि उनले ‘पोइ प¥यो काले’ र ‘२ नम्बरी’ मा पनि लगानी गरेका थिए । आफूले अभिनयमा डेब्यु गर्न लागे पनि छोरा सिद्धार्थलाई फिल्म ‘वन वे’ मा उतारिसकेका थिए ।

गत ४ मंसिरको प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र सांसदमा निर्विरोध भएका मनाङले अहिले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । २०७४ सालको प्रदेश सभा चुनाव जितेर उनी गण्डकी प्रदेश सरकारको राजनीतिक खिचातानीबीच ३ पल्ट मन्त्री बन्ने शौभाग्य पाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width