लमजुङ । भ्रष्टाचार बढार्न सांकेतिकस्वरुप बास नेपालले लमजुङका प्रमुख जिल्ला अधिकारीलाई कुचोसहितको ज्ञापनपत्र बुझाएको छ ।
नवआगन्तुक प्रजिअ रामकृष्ण अधिकारीलाई जिल्लामा भएका, भइरहेका र हुने भ्रष्टाचार बढार्न सहज होस् भन्ने उद्देश्यले सांकेतिक रुपमा कुचो सहितको ज्ञापनपत्र शुक्रबार बुझाइएको हो । २२ वर्षदेखि भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरिरहेको एम्नेष्टि इन्टरनेसनलसँग समेत सहकार्य गरिरहेको संस्था बास नेपालले कुचोसहितको ११ बुँदे ज्ञापनपत्र बुझाएको बास नेपालका सचिव वासुदेव सेढाईंले बताए ।
बास नेपालका सल्लाहकार रमाराज खनियाँका अनुसार सरकारी कार्यालय तथा स्थानीय तहमा हुने भ्रष्टाचारका अतिरिक्त बजारमा बेचिने मूल्य र वैध मिति उल्लेख नभएका, कम तौलका खाद्यसामग्री तत्काल जफत गर्न सुझाव दिइएको छ । ज्ञापनपत्र बुझाउन बास नेपालको सल्लाहकार समितिका जिल्ला संयोजक नवराज पहाडीको नेतृत्वमा गएको टोली पुगेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१