पोखरा। अनलाइन पत्रकार संघ गण्डकी अध्यक्षमा ढाकामोहन (गणेश) बराल सर्वसम्मत् निर्वाचित भएका छन् । सोमबार संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संघ उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् । सदस्यमा नीरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रवीण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने र रोहित बास्तोला छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई व्यवस्थित बनाउन संघले अनलाइनसम्बन्धी साक्षरता कार्यक्रमको आयोजना गर्नुपर्ने बताए । उनले पछिल्लो समय अनलाइनको संख्या बढ्दै जाँदा गुणस्तरीयतामा ख्याल नगरिएको बताए । कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकारात्मक प्रभाव पारेको अभिव्यक्ति उनको थियो । अनलाइन मिडियाहरुलाई पनि नियमन गर्नुपर्नेमा पनि उनले जोड दिए । पत्रकारको हितमा आमसंचार विधेयक ल्याउन गण्डकी सरकार प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियन गण्डकी प्रदेश महासचिव प्रकाश ढकाल, अनलाइन पत्रकार संघ गण्डकी अध्यक्ष कमल सुवेदीलगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१