पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि कार्यवाहक अध्यक्ष थिए ।
शनिबार क्याम्पस सभा तथा छैटौं अधिवेशनले केसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत् निर्वाचित गरेको हो ।
समिति उपाध्यक्षमा वडाध्यक्ष बोधबहादुर कार्की, सदस्यसचिवमा क्याम्पस प्रमुख विरञ्जी गौतम रहने व्यवस्था छ । सदस्यमा वीरेन्द्र केसी, जेबी कुँवर, गोकर्ण कार्की, भीमसेन थापा, प्रेमबहादुर कार्की, कमल बस्नेत, महेश कार्की, अमीत थापा, विमलबहादुर कार्की, डा.परमेश्वर पोखरेल, भविन्द्र विश्वकर्मा र किरण अधिकारी निर्वाचित भएको क्याम्पस प्रमुख गौतमले जानकारी दिए । बाँकी विभिन्न क्षेत्रका पदेनसदस्य हुने व्यवस्था छ । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
संरक्षक एवं क्याम्पस संचालक समिति पूर्व अध्यक्ष प्रेमकुमारी केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्याम्पस प्रमुख गौतमले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । उनले क्याम्पसको आगामी योजना र बजेट प्रस्तुत गरे । साथै क्युएए प्रमाणपत्र प्राप्त गर्न कयम्पसले स्वअध्ययन प्रतिवेदन रिपोर्ट विश्वविद्यालय अनुदान आयोगमा बुझाइएको पनि जानकारी दिए । उनले प्राध्यापकहरुको वृत्तिविकासमा पिएचडी र एमफिल, अनुसन्धानमुलक गोष्ठी, सेमिनारको व्यवस्था गरिएको उल्लेख गरे । देशभरका १ हजार ४ सय ५० क्याम्पस तथा विश्वविद्यालयमध्ये कालिका इन्टर्प्रेनरसिप सपोर्ट प्रोग्राममा १८ क्याम्पसभित्र पर्न सफल भएको बताए । उनले चालु आर्थिक वर्षका लागि ५ करोड १० लाख रुपैयाँ तर्जुमा गरिएको जनाए ।
सञ्चालक समिति अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका संस्थापक सदस्य डा. चन्द्रबहादुर गुरुङ, संस्थापक सदस्य प्राडा कृष्ण केसी, सिनेटर नीशा मल्ल ठकुरी, निर्वाचन समिति संयोजक मीनबहादुर गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत बोधबहादुर कार्की र संचालन प्राध्यापक माधव बरालले गरेका थिए । मीनबहादुर गिरीको संयोजकत्वमा हुकुमराज थापा र वन्दना कार्की सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
२०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहअन्तर्गत एमए आरडी, एमबिएस, स्नातक तहमा बिबिएस, बिएड, बिएको पढाइ हुन्छ । क्याम्पसमा १ हजार ४ सय ७५ जना विद्यार्थी पढ्छन् भने ६२ जना प्राध्यापन गर्छन् ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१