पोखरा । नेपालको उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) एवं सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार यादव शुक्रबार भएको मतदानमा संघतर्फ १ सय ८४ र प्रदेशतर्फ ३ सय २९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यसअघि २५ फागुनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यलाई झण्डै दोब्बरले पराजित गरेका हुन् । शाक्यले संघमा १ सय ४ र प्रदेशमा १ सय ६९ मत प्राप्त गरिन् । जनमत पार्टीका ममता झाले संघमा २३ र प्रदेशतर्फ १५ तथा प्रमिला कुमारीले प्रदेश सभाका १ सदस्यको मात्र मत प्राप्त गरेकी छन् ।
यादवको कुल मतभार संघमा १४ हजार ५ सय ३६ र प्रदेशतर्फ १५ हजार ७ सय ९२ सहित ३० हजार ३ सय २८ हुन्छ । एमालेकी शाक्यको संघतर्फ ८ हजार २ सय १६ र प्रदेशतर्फ ८ हजार २ सय १६ गरी कुल मतभार १६ हजार ३ सय २८ छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार संघतर्फको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम हुने व्यवस्था छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन्
निर्वाचितपछि उपराष्ट्रपति यादवले आफूलाई जिताउन भूमिका खेल्ने जनता र सांसदप्रति धन्यवाद प्रकट गरेका छन् । उनले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताए । सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै आफ्नोतर्फबाट प्रयास हुने जनाए । । उनले भने, ‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवद्र्धन गर्नमा मेरो इमान्दारिताका साथ भूमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्तिप्रक्रियाका काम निष्कर्षमा पुर्याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पु¥याउन लागि पनि मेरोतर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो । उहाँसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’ नवनिर्वाचित यादवलाई शीर्षनेताहरुले सफल कार्यकालको शुभकामनासहित बधाई दिएका छन् ।
यादव बाराको सिम्रौनगढ नगरपालिका–९, बसरियाका हुन् । उनी मधेशकेन्द्रित दल मधेशी जनअधिकार फोरम, संघीय समाजवादी फोरम हुँदै मधेश आन्दोलनमा सक्रिय नेताको रुपमा परिचित छन् । २०६५ सालदेखि जसपाको महासचिवमा निर्वाचन भए ।
२०७४ को पहिलो संविधानसभामा समानुपातिकबाट उनी सांसद बनेका थिए भने गएको प्रतिनिधि सभामा बारा क्षेत्र २ बाट प्रत्यक्षमा निर्वाचित बनेका हुन् । यादवले २०६२÷६३ को दोस्रो जनआन्दोलन र २०६४ को मधेश आन्दोलनको समयमा जसपा अध्यक्ष उपेन्द्र यादवसँगै नेपाली राजनीतिको नेतृत्व तहमा रहेर सहकार्य गर्दै आएका छन् । राजनीतिअघि उनी शिक्षण गर्थे ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१