वैज्ञानिक उत्पादन गर्न साइन्स फेस्टिभल

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७९
333310806_1067704204185550_2945316745690221307_n

पोखरा । वैज्ञानिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पोखरामा हिमालय साइन्स फेस्टिभल हुने भएको छ। हिमालय साइन्स फाउन्डेसन आयोजनामा आगामी जेठ ४ र ५ मा पोखरामा फेस्टिभल हुने आज पत्रकार सम्मेलनमा अध्यक्ष आतंक बस्नेतले बताए ।

फेस्टिभलमा फोहोर परियोजना, अपांगलाई सहयोग गर्ने प्रविधि, दैनिक जीवनमा आउने समस्या समाधानका हार्डवेयर उपकरण, कृषि औजार तथा उपकरण, उर्जाका विकल्प, खोलाबाट पानी तान्ने प्रविधि लगायतका विषयमा प्रविधि केन्द्रित हुनुपर्नेछ ।

प्रदेशमा उत्कृष्टलाई छानेर केन्द्रमा लगिनेछ । यस्तो फेस्टिभल सातै प्रदेशमा हुनेछ । यसअघि लुम्बिनीको नेपालगन्जमा भइसकेको हो ।

साइन्स टिचर्स एसोसिएसन अफ नेपाल गण्डकी संयोजक राजकुमार ढकालले विद्यार्थीले जव प्रविधि सिक्दैनन्, तबसम्म प्रतिस्पर्धामा उत्रिन नसक्ने हुँदा यो कार्यक्रमको महत्व रहेको बताए ।

आयोजकले २०७६ माघमा पहिलो संस्करण गरेकोमा कोरोनाले पछि रोकेको थियाे ।

Related News

सम्बन्धित समाचार

hero news full width