पोखरा । हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण गरिएको छ । पोखरा–२० भलामस्थित आश्रमको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व समेटेर प्रचार गर्नका लागि वृत्तचित्र बनाइएको हो । हरिहर सन्यास आश्रमको व्यवस्थापन तथा स्थानीय समाजसेवी दिनेश बस्नेतको अग्रसरतामा निर्मित वृत्तचित्र गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले सार्वजनिक गरे ।
मन्त्री गुरुङले पोखराको नजिक रहेको, सम्भावना बोकेको स्थान भए पनि प्रचार नभएकै कारण यो ठाउँमा श्रद्धालु एवं पर्यटकले थाहा नपाएको बताए । यस्ता स्थानहरुको संरक्षण र सम्बद्र्धन गर्ने सरकारको नीति नै रहेको उनले उल्लेख गरे ।
आश्रमको भौगोलिक, वातावरणीय, ऐतिहासिक पक्षसँगै धार्मिक महत्व समेटेर वृत्तचित्र निर्माण गरिएको बस्नेतले बताए । १ हजार ३ सय मिटर उचाइमा रहेको आश्रम १८ औं शताब्दीमै स्थापना भएको बताइए पनि आधिकारिक लिखत भने विसं १९०६ वैशाख शुक्ल सप्तमीमा श्री ३ जंगबहादुर राणाले सनद पत्र जारी गर्दा बखतको भेटिएको छ ।
पोखराको मुख्य भागबाट करिव ८ किलोमिटर दुरीमा रहेको आश्रममा ऋषि पञ्चमी, हनुमान जयन्ती, शिवरात्री र बालाचतुर्दशीका दिन भक्तजनको भीड लाग्ने गर्दछ ।
मन्दिरका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले हरिहर सन्यास आश्रम तपस्वीहरुको तपोभूमिको बताए । उनले भने,‘जल प्रदुषण, वायु प्रदुषण, मोटर प्रदुषणबाट मुक्त यो आश्रम साधु, सन्त, महात्माहरुले तपस्या गर्ने तपस्वीहरुको तपोभूमि हो । आध्यात्मिक चिन्तका लागि उपयुक्त यो आश्रममा तपस्वीहरुले ध्यान गर्ने गुफा पनि छ ।’ आश्रमका कोषाध्यक्ष रामजीप्रसाद पौडेलका अनुसार सहयोग संकलन गरेर वृत्तचित्र निर्माण गरिएको हो ।
Related News
सम्बन्धित समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१