पोखरा । पोखरा ३३ की वडासदस्य लीलादेवी नेपाली पुस १३ गते आफ्नी आमालाई लिएर पोखरा आउँदै थिइन् । तनहुँको शुक्लगण्डकी नगरपालिका २ हलेदीमा पोखराबाट छुटेको ट्रिपरले उनको स्कुटरलाई ठक्कर दियो । दुर्घटनामा लीलाकी आमा गम्भीर घाइते भइन् । घाइते भएकी उनकी आमाको उपचारको क्रममा पुस १७ गते मृत्यु भयो । लीलाकी आमाको मृत्यु भयो । प्रहरीले थालेको अनुसन्धानबाट स्कुटर चलाएकी वडासदस्य लीलासँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएपछि माघ ८ गते उनलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।
सवारी चालक अनुमतिपत्र नभएका कारण ट्रिपर चालकसँगै लीलाविरुद्ध पनि मुद्दा चल्यो । अन्ततः माघ १२ गते वडासदस्य लीला र ट्रिपर चालक तिलक श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दियो ।
त्यो घटनाको केही दिनपछि बागलुङको बडिगाड गाउँपालिका ६ मा ध१प ६२३ नम्बरको मोटरसाइकल अनिन्त्रित भई दुर्घटना भयो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३९ वर्षका कमल जिसीको मृत्यु भयो । मोटरसाइकल चालकको लाइसेन्स नभएका कारण मोटरसाइकल चालकसहित मोटरसाइकल धनीलाई कारबाही गर्ने तयारी भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्की प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
माघ ३ गते पोखरा २० भलाममा रोलर दुर्घटना भयो । कञ्चनपुर भीमदत्त २ का १७ वर्षीय रोहन सार्कीको मृत्यु भयो । सो घटनामा पनि चालक रोहनको लाइसेन्स नभएका कारण सवारी धनीलाई कारबाही भएको छ ।
गण्डकी प्रदेशभर लाइसेन्स नलिई सवारी चलाउनेबाट १ साउन यता २४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा चालकभन्दा सवारी धनी बढी कारबाहीको भागीदार भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीका सूचना अधिकारीसमेत रहेका सुवेदीले जानकारी दिए । ‘सबैभन्दा ठूलो गल्ती सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेको हुन्छ,’ उनले भने । त्यो भन्दा पनि ठूलो गल्ती भनेको लाइसेन्स नभएकालाई सवारी चलाउने दिनेको हुने उनले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ सवारी ज्यान अनुसार दुर्घटनामा जरिवाना र सजायको व्यवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रकाश शाहले बताए । उक्त दफामा ३ किसिमका जरिवाना वा सजायँ भए पनि लाइसेन्स नभएका हकमा थप कारबाही हुने उनको भनाइ छ । ‘मनसाय प्रेरित, लापरबाहीयुक्त र भवितव्य गरी ३ किसिमको सवारी ज्यान हुन्छ । घाइतेको हकमा दफा १६२ मा अंगभंगसम्बन्धी उल्लेख छ । सोही अनुसार सजाय हुन्छ,’ उनले भने, ‘यसमा जन्मकैददेखि १ लाखसम्म जरिवाना हुन्छ । यदि लाइसेन्स नएकाले चलाएमा जन्मकैद र तोकिएको जरिवानामा थप २ हजारसम्म तिर्नुपर्छ ।’
लाइसेन्स नभएको व्यक्तिले सवारी चलाएर दुर्घटना भई कसैको मृत्यु भएमा सवारी धनीलाई २ वर्षसम्म कैद हुने व्यवस्था रहेको ट्राफिक प्रमुख शाहले जानकारी दिए । ‘लाइसेन्स नभएकाले सवारी चलाउँदा दुर्घटना भएर कसैको मृत्यु भएमा सवारी धनीलाई २ वर्षसम्म कैद हुन्छ,’ उनले भने । कतिपय अवस्थामा ठक्कर खाएको सवारीका चालक र ठक्कर दिने सवारीको चालक प्रतिवादी बनाएर अदालतले गर्ने निर्णयमा पनि सजाय र जरिवाना भर पर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशमा यो आर्थिक वर्षको माघ तेस्रो सातासम्म २ सय १७ सवारी दुर्घटना परी ९३ जनाको मृत्यु भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीले जनाएको छ । जसमा ६६ पुरुष, २१ महिला र ६ जना बालबालिका छन् ।
Related News
सम्बन्धित समाचार
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१