समता स्कुल पर्वतमा अक्षयकोष

आदर्श समाज सम्वाददाता
माघ २४, २०७९
samata (2)

पोखरा । समता स्कुल कुश्माका लागि चौरासी पूजाको अवसर पारेर १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । हरिप्रसाद शर्मा र उनको परिवारले आमा डिलकुमारीको चौरासी पूजाको अवसरमा अक्षय कोष स्थापना गरेको छ ।

विद्यालयको महान् उद्देश्य देखेर आफू प्रभावित भएर आमाको सल्लाहबमोजिम विद्यालयमा अक्षयकोष स्थापना गरिएको हरिप्रसाद शर्माले बताए ।

आफ्ना नातिनातिनाले धेरथोर जे भए पनि सहयोग प्राप्त गरुन् भनेर सो रकम समता स्कुलको अक्षकोष स्थापनाका लागि दिएको कुरा हरिकी आमा डिलकुमारी शर्माले बताइन् ।

सबै सहृदयी मन भएका मानिसले सहयोग गर्ने हो भने यस्तो विद्यालय सञ्चालन गर्न सकिने कुरा समता स्कुल पोखराका प्रअ झलकप्रसाद शर्माले बताए ।

शर्मा परिवारबाट अक्षयकोष स्थापना भएकोमा समता स्कुल पोखराका व्यवस्थापक उमेश रेग्मीले खुसी व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…

hero news full width