पललाई १५ दिनभित्र हाजिर हुन उच्च अदालतको आदेश

आदर्श समाज सम्वाददाता
माघ २३, २०७९
pal shah

पोखरा, २३ माघ । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको छ ।

सुरु जिल्ला अदालतको फैसलामा वादी र प्रतिवादी दुवै पक्षबाट परेको दोहोरो पुनरावेदनमा सोमबार उच्च अदालतले प्रत्यार्थीहरुलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको हो ।

अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज राजभण्डारीको संयुक्त इजलासले छलफलका लागि दुवैलाई सुनाउने, प्रत्यार्थी झिकाउने गरी आदेश दिएको हो ।

एक नावालिग गायिकामाथि बलात्कार अभियोगमा जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरमा पलविरुद्ध गत वर्ष मुद्दा दायर भएको थियो । तनहुँ अदालतले सफाइ दिए पनि नवलपुर अदालतको आदेशविरुद्ध पलले पुनरावेदन दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width