पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त भएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी सुन्दास थिइन् ।
पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसँगै थप ३ मन्त्रीले सपथ लिए पनि उनीहरुले जिम्मेवारी पाएका थिएनन् । उक्त मन्त्रीपरिषद्लाई मुख्यमन्त्री अधिकारीले माघ १० मा पूर्णता दिएर जिम्मेवारी समेत तोकेका थिए । त्यसको भोलिपल्ट बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री गाहाले प्रवक्ताको जिम्मेवारी पाएको भए पनि निर्णय भने सार्वजनिक गरिएको थिएन ।
गाहा प्रदेश सभा सदस्यमा दोहोरिएर जित्ने एमालेका एकमात्र सांसद हुन् । उनी अघिल्लै कार्यकालमा अर्थ मन्त्री बन्ने चर्चा भएर पाएका थिएनन् । अर्थमन्त्रीमा किरण गुरुङ नियुक्त भएपछि उनले जिम्मेवारी पाएनन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि भने गाहाले लेखा समिति सभापति भएका छन् । संविधासभा सदस्य समेत रहिसकेका उनी नवलपुरका क्षेत्र नम्बर १ ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
यो कार्यकालमा मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । पछि फेरि अर्थ मन्त्रीका चर्चा चले पनि मुख्यमन्त्री अधिकारीले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका हुन् । सञ्चार पनि यही मन्त्रालयको जिम्मामा पर्छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१