मदरल्यान्डमा सरस्वती पूजा

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
motherland

माघ । श्रीपञ्चमी अवसर पारेर मदरल्यान्ड माध्यमिक विद्यालयमा बिहीबार सरस्वतीपूजा तथा अक्षरारम्भ कार्यक्रम भएको छ ।

विद्यालय परिसरमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा कक्षा ४ का विद्यार्थीले सामूहिक रूपमा सरस्वती वन्दना वाचनसहित विशेष पूजा, पाठ र आराधना गरिएको थियो ।

विद्यालयका दस जोड दुई व्यवस्थापन समूह संयोजक इन्द्रप्रसाद पौडेल र शिक्षक आनन्द शर्माले पूजा आराधनामा सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ६ का विद्यार्थी विशेष बराल र स्वस्तिका बुढाथोकी कर्ताको भूमिकामा थिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीको उल्लेख्य उपस्थिति रहेका होमनाथ भट्टराईले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै