काठमाडौं । भारतबाट गहुँ आयात नहुँदा नेपालका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा मैदा र आँटा नपाउने र पाएपनि शतप्रतिशत भन्दा बढी मूल्य बृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन् । विशेष गरी विस्कुट, कुकिज, चाउचाउ उत्पादन गर्ने उद्योगहरु र मैदा तथा आँटा खपत गर्ने तन्दुरी, होटल र रेष्टुरेन्ट व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् ।
भारतले ५० हजार मेट्रिकटन गहुँ नेपाल निर्यात गर्न दिने निर्णय गरेको थियो । नेपालले ३० हजार मेट्रिकटन गहुँ मात्रै आयात गर्न दिने निर्णय गरेको छ । ३० हजार मेट्रिकटन गहुँ पनि नेपालका मैदा उद्योगले मात्रै आयात गर्न पाउनेछन् । भारतबाट गहुँ आयात सहज नहुँदा बजारमा गहुँ र मैदाजन्य पदार्थको चरम अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।
नेपाल विस्कुट उत्पादक संघका अध्यक्ष ओमनाथ महर्जनले मैदाको अभावले अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । ‘अधिकांश उद्योग बन्द हुने अवस्थामा पुगिसकेका छन् । चलेका उद्योगले पनि उत्पादन समय घटाइरहेका छन्,’ उनले भने, ‘अब सरकारले छिट्टै गहुँ उत्पादन सहज बनाउन आवश्यक छ ।’ मैदा अभाव भइरहँदा अब छिट्टै विस्कुट उद्योगहरु बन्द हुने उनले बताए ।
भारतबाट सहज रुपमा गहुँ आयातको वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने व्यवसायीहरुको माग छ । नेपाल विस्कुट उत्पादक संघका अध्यक्ष ओमनाथ महर्जनसँगै नेपाल चाउचाउ उत्पादक संघका अमित राठी, कुकिज उत्पादक संघका पशुपती भुसाल, तन्दुरी व्यवसायी संघका खिमानन्द बस्याल लगायतले गहुँ आयातलाई सहज बनाउन सामूहिक आग्रह गरेका छन् ।
गहुँसँग निर्भर रहेका उद्योगहरु बन्द हुँदा लाखाँैको रोजागारी गुम्ने अवस्था सिर्जना हुने बताउँदै व्यवसायीहरुले राज्यले त्यसतर्फ चासो दिनुपर्ने माग गरेका छन् । उद्योगहरु बन्दा हुँदा रोजगारी गुम्नेसँगै राज्यको राजश्वमा पनि भारी गिरावट आउने विस्कुट उत्पादक संघका महासचिव विक्रम कर्माचार्यले बताए । ‘मैदा अभावले विस्कुट, कुकिज, चाउचाउ उद्योगसँगै आम उपभोक्ताहरु मर्कामा परेका छन्,’ उनले भने, ‘मैदा आयात सहज बनाउनुको विकल्प छैन ।’ गहुँ तथा मैदा आयात सहज नहुँदा मूल्य बृद्धि आकाशिएको त्यसको प्रत्यक्ष मारमा आम उपभोक्ता परिरहेको व्यवसायीहरुले बताएका छन् । ‘मैदाको रोटी खाने मानिसहरुले त्यसको विकल्पमा चामल प्रयोग गर्नुपर्ने दिन आउँदैछ । आगामी दिनमा चामलको मूल्य पनि बढ्नेछ । त्यसैले सरकारले समयमा नै यस विषयमा चासो दिन आवश्यक छ,’ कुकिज उत्पादक संघका पशुपती भुसालले भने ।
नेपालमा करिब १८ वटा विस्कुट उद्योग, ३० वटा कुकिज उद्योग र ९ वटा चाउचाउ उद्योग छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१