पोखरा । पोखरा लिंकन इन्टरनेसनल कलेजमा बिबिए र बिएचएम संकायका विद्यार्थीबीच खेलकुद प्रतियोगिता भएको छ । कलेजको खेलमैदानमा भएको प्रतियोगिता कलेजका कार्यकारी निर्देशक राजकुमार गुरुङ, संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ र संस्थापक प्राचार्य पम्फा गुरुङले रेफ्रीलाई बल हस्तान्तरण खेल उद्घाटन गरेका थिए ।
स्पोर्टस् मिटमा फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिस र डोरी तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो ।
फुटबलमा १२, भलिबलमा ८, बास्केटबलमा (छात्र छात्रा गरी) ११ टिम सहभागी थिए । टेबल टेनिस सिंगलमा २४ जना, टेबल टेनिस डबल्समा १४ टिम र डोरी तान्ने खेलमा ७ टिम सहभागी थिए ।
फुटबल छात्रातर्फ बिएच एम प्रथम, बिबिए दोस्रो भए भने फुटबल छात्रतर्फ बिबिए प्रथम सेमेस्टर प्रथम, बिएचएम छैटौं सेमेस्टर ए दोस्रो भए । बास्केटबल छात्रमा बिएचएम दोस्रो सेमेस्टर ए प्रथम र बिबिए चौथो सेमेस्टर दोस्रो भएका थिए ।
बास्केटबल छात्रातर्फ टिम ए ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । भलिबल छात्रतर्फ बिएचएम चौथो सेमेस्टर बि ले प्रथम र बिएचएम चौथो सेमेस्टर ए दोस्रो स्थानमा रह्यो । भलिबल छात्रातर्फ बिएचएमको टोली प्रथम स्थान हासिल गर्न सफल भए ।
टेबल टेनिस डबल्समा अमीस ढकालको टोलीले प्रथम र सन्देस रानाको टोलीले दोस्रोे स्थान हासिल गरेको छ । टेबल टेनिस सिंगल छात्रतर्फ अमीस ढकाल प्रथम भए भने आभाष थापा दोस्रो भए । टेबल टेनिस सिंगल छात्रातर्फ अमीशा गुरुङले प्रथम स्थान र सुमीना गुरुङले दोस्रो स्थान हासिल गरे । रस्साकसीमा बिएचएम प्रथम सेमेस्टरले प्रथम स्थान र बिएचएम छैटौं सेमेस्टरले दोस्रो स्थान हासिल गरे ।
पोखरा लिंकन इन्टरनेसनल कलेजले १ दशकदेखि मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरी नेपालको शिक्षा मन्त्रालयबाट अनुमतिप्राप्त र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त अन्तराष्ट्रियस्तरको डिग्री सञ्चालन गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१