गण्डकीमा तीन थप मन्त्रीले लिए सपथ, रोशन गाहा आन्तरिक मामिला मन्त्री

आदर्श समाज सम्वाददाता
माघ १०, २०७९
roshan gaha gaha

पोखरा ।  गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्री रोशनबहादुर गाहा थापा, बेदबहादुर गुरुङ र रेशम जुग्जालीलाई सपथ खुवाएका हुन् ।

रोशनले आन्तरिक तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका पाएका छन् । उनी पाँचौं वरियताक्रममा परेका छन् । दोस्रो वरियतामा माओवादीका हरिबहादुर चुमान छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएका छन् ।

चौथो वरियतामा राप्रपाका पञ्चराम गुरुङ छन् । उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाए । सीता सुन्दासले तेस्रो वरियता सहित आर्थिक मामिला मन्त्रालय पाइन् भने । छैटौं वरियतामा एमालेका वेदबहादुर गुरुङले कृषि, ऊर्जा तथा जसलस्रोत मन्त्रालय पाए ।

अन्तिम तथा सातौं वरियतामा माओवादीका रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width