पुम्दीभुम्दीमा नेलम्बोको निशुल्क शिविर

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
pumdi ma sibir

हेमजा । नेलम्बो नेपालको आयोजनामा पोखरा–२२, पुम्दीभुम्दीमा निशुल्क दन्त शिविर सुरु भएको छ । शिविरको पहिलो दिन आइतबार ९९ जनाको दन्त परीक्षण गरिएकोमा २७ जनाको दाँत भर्ने, १५ जनाको दाँतको एक्सरे, ५ जनाको दाँत निकाल्ने, २७ जनाको दाँत सफा गर्ने साथै ३ जनाको दाँतको जरैदेखि उपचार भएको छ ।

शिविर शुभारम्भ गर्दै वडाध्यक्ष हिमलाल बरालले नेलम्बोले मानव कल्याणकारी कार्य गर्दै आइरहेको स्पष्ट पार्दै शिविरबाट फाइदा लिन वडावासी समक्ष आग्रह गरे ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण र अनुसन्धानको क्षेत्रमा कार्य गर्दै आइरहेको स्पष्ट पार्दै सक्रियताका आधारमा संघसंस्थासँग सहकार्य गर्दै जाने औंल्याए ।
वडा सदस्य कृष्णकुमारी पौडेल देवकोटाले शिविर प्रभावकारी रहेको भन्दै दाँतसँग मानिसको आँत जोडिने उल्लेख गरिन् ।

५ दिनसम्म चल्ने उक्त शिविरमा दन्त चिकित्सक डा. सिजन मर्सानीको नेतृत्वमा दन्त चिकित्सक सहायकद्वय करुणा गर्वुजा र अञ्जु विक साथै नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी, रुपेश गुरुङ, नम्रता ढुंगाना, मुक्तबहादुर माल, कृष्ण देवकोटा, रीतिक चुवार्इं लगायतको टोली खटिएको छ ।

यसैबीच नेलम्बोले पोखरा १८ स्थित मेथलाङ युवा क्लबलाई खेलकुदका सामग्री पनि प्रदान गरेको छ । युवालाई शारीरिक तथा मानसिक विकासमा सहयोग पुगोस् भन्ने हेतुले भलिबल, फुटबल, बास्केटबल, भलिबल नेट, ब्याडमिन्टन सेट, चेस बोर्ड सेटलगायत सामग्रीहरु प्रदान गरिएको हो ।

वडा सदस्य कल्पना ढकालको उपस्थितीमा नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले क्लबका अध्यक्ष रविन देवकोटालाई सामग्री हस्तान्तरण गरेका हुन् ।
नेलम्बोले माछापुच्छ्रे गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा बालबालिकाको पोषणलाई लक्ष्य गरी १२ थान तौल नाप्ने मेसिन र ३० थान टेप पनि सहयोग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width