पोखरा, १ माघ । पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा २६ जना मृतकको पहिचान भएको छ । शव मंगलबारमात्र आफन्तलाई जिम्मा लगाइने भएको छ ।
दुर्घटनास्थलमा फेला परेकामध्ये ६३ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) ल्याइएकोमा २६ जनाको सनाखत पहिचान भएको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । अन्यको सनाखत हुन बाँकी छ । राति भएकोले उद्धार कार्य आइतबारलाई स्थगित गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
सनाखत भएकाहरुमा पोखरा १३, काहुँडाँडाका २७ वर्षे निशान्त आचार्य, पोखरा १७ घर भइ हाल बालाजु बस्ने संगतिा शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ, पोखरा ४ कै डा. सोना दिवाकर, पर्वतको कुष्मा १ की १० वर्षे रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा १९, बाटुलेचौरककी लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षे अरुण पौडेल, उनका ११ वर्षे छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षे विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल, अन्दाजी ३४ वर्षका रक्की गुरुङ छन् ।
यस्तै, रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, पर्वत घर भइ हाल पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, कावासोती ६ का ३५ वर्षे मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेन छन् ।
पहिचान भएका शव सोमबारमात्र आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए सोमबार नै काठमाडौं पठाइनेछ । विमानमा चालक दलका ४ सहित ७२ यात्रु सवार थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१