गण्डकीमा एमालेका खगराज मुख्यमन्त्री नियुक्त

आदर्श समाज सम्वाददाता
पौष २५, २०७९
khagaraj adhikari

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको दिउँसो साढे ४ बजे प्रदेश प्रमुख निवास सिमलचौरमा सपथ ग्रहण हुने छ ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट ४ मंसिरको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी पूर्व गृहमन्त्री समेत हुन् ।

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३३ जनाको समर्थन छ ।

Related News

सम्बन्धित समाचार

hero news full width