एपिएफ सेमिफाइनलमा प्रवेश

आदर्श समाज सम्वाददाता
पौष १६, २०७९
aaha rara

प्रतिस्पर्धामा साविक विजेता एपिएफ र धरान फुटबल क्लब । तस्बिरः सुदर्शन रञ्जित

पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लब २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विभागीय एपिएफले विजयी यात्रा सुरु गरेको हो । एपिएफको जीतमा खेलको ३७ औं मिनेटमा विकु तामाङ र ४० औं मिनेटमा युवराज खड्काले गोलको योगदान दिएका हुन् ।

एपिएफका विकु तामाङ म्यान अफ दि म्याच घोषित हुँदै नगद ८ हजार रुपैयाँ हात पारे । एपिएफले सुरुआती अग्रता लिने क्रममा मैदानको करिब मध्यभागबाट आएको पास सदुपयोग गर्दै विकुले विपक्षी पोस्टको जाली चुमाउन सफल भएका हुन् ।

त्यस्तै, त्यसको ३ मिनेट नबित्दै युवराजले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरे । खेलमा दुवै टिमले दोस्रो हाफमा कीपर परिवर्तन गरेका थिए ।

आइतबार दोस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब र मच्छिन्द्रबीच प्रतिस्पर्धा हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width