निशुल्क मधुमेह परीक्षण

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७९
Lions club of pokharad

पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटी र लायन्स क्लब अफ पोखरा टुरिजम सिटिको संयुक्त आयोजनामा निशुल्क मधुमेह परीक्षण गरिएको छ ।

रिजन चियर पर्सन निरज पन्तको प्राविधिक सहयोगमा न्युरोडको एस एन्ड एस कम्प्लेक्समा १ सय १४ जनाको परीक्षण गरिएको व्युटी सिटीकी अध्यक्ष सवि शेरचनले जानकारी दिइन् । उनले पछिल्लो समय मानिसको व्यस्त जीवनशैलीका कारण स्वास्थ्यप्रतिको चासो कम हुन थालेको जनाउँदै निरोगी बन्न शिविर सहयोग पुग्ने बताइन् ।

किसन गिरीले मानवसेवामा निरन्तर क्रियाशील सामाजिक संस्था लायन्स क्लबले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिंदै मधुमेह परीक्षणबाट धेरै जना लाभान्वित भएको बताइन् । कार्यक्रमको लागि युएबि फर्माका जितेन्द्र कुशवाहले सहयोग गरेको कार्यक्रम संयोजक तथा डिस्ट्रिक्ट अफिसर मीना प्रधानले जानकारी दिइन् ।

कार्यक्रममा बिमला श्रेष्ठ, निवर्तमान अध्यक्ष विष्णु आचार्य, संस्थापक अध्यक्ष चिनु गुरूङ, डिस्ट्रिक चिफ तथा पूर्व अध्यक्ष नवीना श्रेष्ठ, रिजन चियर पर्सन शीला अधिकारी र जोन चियर पर्सन महेश श्रेष्ठ लगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width