किसान साकोस इकाइ १ को सभा

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७९
kissan

गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था इकाइ १ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको एकाई १ मा बिजयनगर, हिमचुली, सम्वृद्धि भरतपुर, सप्तरंगी, सौहाद, सहज, सप्तगण्डकी र नारायणगढ सेवा केन्द्र छन् ।

सभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहसचिव कँडेलले चालु आर्थिक वर्षमा संस्थाको चुक्ता सेयर पूँजी ४४ करोड ८० लाख पुर्‍याउने लक्ष्य रहेको बताइन् । उनले चालु आर्थिक वर्षको अन्त्यसम्म ९२ हजार सेयर सदस्य पुर्‍याउने उल्लेख गर्दै एससीटी नेटवर्कसँग आबद्ध भई एटिएम सञ्चालन गरिने बताइन् ।

गैंडाकोट ४ को एग्रोमार्ट परिसरमा सोमबार भएको साधारणसभामा संस्थाका सदस्य राजेन्द्र गौतमले आव २०७८/७९ को आर्थिक प्रतिवेदन एवं २०७९/८० को प्रस्तावित लक्ष्य तथा बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य गौतमको प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पति ३ अर्ब ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ भएको उल्लेख छ । संस्थाले गत आर्थिक वर्षको सेयर पुँजी ३५ करोड १५ लाख ६६ हजार ८ सयलाई बढाएर चालु आर्थिक वर्षमा ४४ करोड ८० लाख पुर्‍याउने लक्ष्य रहेको सदस्य राजेन्द्र गौतमको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारणसभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणि कँडेलले प्रस्तुत गरेका थिए ।

किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले स्थानीयस्तरमा रहेका २४ वटा सहकारीलाई एकीकरण गरी सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन सफल किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यहरु मार्फत करिब ४ अर्व पुँजी परिचान गर्न सफल भएको बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा भएको थियो । २७ औं साधारण सभामा उपाध्यक्ष भोजराज पौडेलले स्वागत र सञ्चालन सहसचिव सरस्वती कँडेलले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width