नयन र स्वागत सहकारी एकीकरण

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७९
Sahakri Merge

लेखनाथ । पोखरा २६ मा रहेको नयन वचत तथा ऋण सहकारी र पोखरा १४ को चाउथेमा रहेको स्वागत बचत तथा ऋण सहकारी संस्था मर्ज भएका छन ।

दुई संस्थाबीच समान कार्ययोजना पारित गर्दै एकीकरण भएपछि सहकारीको पुँजी रकम ४ करोड ७४ लाख १५ हजार ८ सय पुगेको छ ।

सहकारी खोल्नुभन्दा पनि व्यवस्थित रुपले सहकारी सञ्चालनमा वर्तमान अवस्थामा देखिएका समस्यालाई मध्यनजर राख्दै २ सहकारी आपसमा मर्ज भएका हुन् ।

सहकारीको निक्षेप १२ करोड ३५ लाख ९० हजार चार सय ६२ पुगेको छ भने लगानीतर्फ १५ करोड ७ लाख ७१ हजार चार सय ५१ पुगेको हो ।

२ संस्था एकीकरण घोषणा सभा तथा विशेष साधारण सभाले आगामी कार्यकालका लागि टीकाराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कृष्णप्रसाद सुवेदी, सचिवमा शिवहरि सुवेदी, सह सचिव शोभामोहन सुवेदी र कोषाध्यक्ष अर्जुन सुवेदी छन् भने समितिको सदस्यहरु सान्तोष सुवेदी, दामोदर सापकोटा, मेनका देवी लामिछाने, सन्दीप सुवेदी, शिवप्रसाद अधिकारी र यमनारायण श्रेष्ठ रहेका छन् ।

विशेष साधारण सभामा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले समान योजना र उद्देश्य भएका सहकारीहरु एकीरण भई सामूहिक लगानीको अवधारणाले आय आर्जनमा जोडिनुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा सल्लाहकार बलराम ढकाल, शिक्षा उप समिति संयोजक दामोदर सापकोटा र उपाध्यक्ष कृष्णप्रसाद सुवेदीलगायतले आ–आफनो धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विमल भण्डारीले स्वागत र नयन बचत तथा ऋण सहकारी संस्थाका सचिव शिवहरि सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width