करुणा सिकाउने डा. इफाको नृत्यमा झुमे विद्यार्थी

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७९
kindness club

पोखरा । डा. इफा बेलायती नागरिक हुन् । आफ्नो देशका बालबच्चालाई उनी नृत्य सिकाउँछिन् । उनै डा. इफा आइतबार मदरल्याण्ड माविका विद्यार्थीलाई नृत्य देखाइन् । उनीसँग विद्यालयका सयौं विद्यार्थी आधा घण्टासम्म झुमे । वातावरण नै आल्हादित बन्यो । आममानिसले सुन्दै आएको गीतको शैलीको नृत्य नभई सो नृत्यमा दया, माया र करुणा हाउभाउ संकेत गथ्र्यो ।

यो कस्तोखालको नृत्य हो ? दुर्गामाया एन्डरसन प्रष्ट पारिन्, ‘आज बल्र्ड काइन्डनेस डे हो । विद्यार्थीलाई किताबको ज्ञानमात्र नभई उनीहरुमा दया, माया र करुणाको भावना अभिप्रेरित गराउनु यसको उद्देश्य हो ।’

पोखरा बुलौंदीकी दुर्गामाया अमेरिकी नागरिक देव एन्डरसनसँगको बिहेपछि ३० वर्षदेखि अमेरिका बस्दै आएकी छन् । लामो समयको परबास बसाइँमा दुर्गामायाले जन्मभूमिमा पनि केही गरौं भन्ने उद्देश्यले ३ वर्षअघि मदरल्याण्डका कक्षा ३ का १८० विद्यार्थीलाई जुटाएर काइन्डनेस क्लब मदरल्याण्ड खोलेको बताइन् । दुर्गामायाकै पहलमा डा. इफा पोखरा आएकी हुन् । अहिले विद्यालयका सबैजसो विद्यार्थी, शिक्षक, कर्मचारी लगायत यसको सदस्य वा सल्लाहकार रहेको क्लब अध्यक्ष निश्चल बास्तोलाले बताए ।

प्रत्येक वर्ष १३ अक्टोबरलाई बल्र्ड काइन्डनेस डे मनाउने गरिन्छ । विद्यालयले आगामी सातासम्म विविध कार्यक्रम गरी यो दिवस मनाउने कार्यक्रम संयोजक श्रीकृष्ण परियारले जानकारी दिए ।

विद्यालयका निर्देशक त्रिभुवन शर्मा र प्राचार्य नारायण बरालले क्लब सचिव कृपा बराललाई सहयोग सामग्री हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो । जाडो मौसममा लगाउन मिल्ने कपडा तथा नगद स्वेच्छाले सहयोग गर्न सकिनेछ । संकलित सहयोग पोखराको कुनै वृद्धाश्रम एवं बालआश्रममा सहयोग गरिने प्राइमरी इन्चार्ज केशु शर्माले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै