प्रदेश १ का वन वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको बुधबार उपचारक्रममा विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । मन्त्री थापा ५८ वर्षका थिए । उनी मोरङ क्षेत्र ३ (१) मा प्रदेश सभा सदस्यका लागि कांग्रेसबाट उम्मेदवार पनि भएका थिए । उनी राजनीतिमा एक भलाद्मी व्यक्तिका रुपमा चिनिन्थे । र, सबैसँग मित्रवत् व्यवहार गर्दथे । कांग्रेस वृत्तमा उनी लोकप्रिय थिए । २०७४ को निर्वाचनमा उनी समानुपातिकबाट प्रदेश सांसद चुनिएका थिए । एमाले सरकार पतन भएपछि बनेको गठबन्धन सरकारमा उनी मन्त्री बने । मन्त्री भएपछि उनले आफ्नो कार्य दक्षता राम्ररी देखाएका थिए । कतिपय मानिस मन्त्री भएपछि घमण्डी हुने, अरुलाई वास्ता नगर्ने किसिमका हुन्छन् । उनी भने थप नरम र अनुशासित भए । निस्कलंक मन्त्रीका रुपमा उनको प्रभाव बढ्दै थियो ।
असोज २३ मा प्रदेश सांसदका लागि मनोनयनपत्र दर्ता गरेर के–कसरी चुनाव प्रचारमा जाने भनेर साथीहरुसँग बसेर कार्यक्रम बनाउन लागेकै बेला उनलाई डेंगु संक्रमण भयो । स्थानीय नोवेल अस्पतालमा ३ दिन राखेर पनि संक्रमण नघटेपछि थप उपचारार्थ काठमाडौंको ह्याम्स अस्पताल पु¥याइएको थियो । त्यहाँ उनलाई १७ दिन आइसियुमा र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । उपचारबाट केही प्रगति भएको थियो । तर उम्मेदवार भएको मान्छ,े कार्यकर्ता भेट्न उनी अत्तिए र काठमाडौंबाट विराटनगर फर्के । विराटनगर फर्केर चुनाव प्रचारको काम सुरु गर्नै नपाई उनलाई निमोनिया भयो । फेरि स्थानीय नोवेल अस्पतालमा भर्ना भए । अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य बिगं्रदै गयो र त्यसैबाट उनको मृत्यु भयो ।
डेंगुलाई समाजले गम्भीर प्रकृतिको रोगको रुपमा लिएको छैन । पहिले त्यो रोग लामखुट्टेबाट तराई क्षेत्रमा फैलिने गरेको सुनिएको थियो भने अहिले पहाडी क्षेत्रमा पनि त्यो लामखुट्टेले ज्यानै लिएको समाचार आएको छ । ६० जना जतिको यसबाट मृत्यु भएको अनुमान छ । कांग्रेसका होनहार नेताको त्यही रोगबाट निधन हुनु दुखको कुरा हो । उनी पार्टीको साधारण सदस्यबाट क्रमशः माथि उक्लेका नेता थिए । पार्टीमा उनले आफ्नो छवि राम्रो बनाएका थिए । उनी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव भएर पनि काम गरेका थिए । उनले यस्ता धेरै क्षेत्रबाट अनुभव हासिल गरेका थिए । उनको निधनमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदासमेत दियो भने त्यहाँ राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । उनको निधनमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुले शोक वक्तव्य जारी गरेर उनको योगदानको उच्च मूल्याङ्कन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१