काठमाडौं । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले दिएको एक सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।
पुलिसको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले ३५ रन बनाए भने सुनिल धमलाले ३६ तथा कुशल भुर्तेलले ३२ रन बनाए । त्यस्तै अमित श्रेष्ठले २८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले दुई तथा दुर्गेश गुप्ता र मोहमद हुसेनले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३० रन जोडे भने प्रज्वल थापाले २३ रन बनाए । दुर्गेश थापा र मोहमद हुसेनले समान ११–११ रन जोडे ।
लुम्बिनीलाई एक सय ८८ रनमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए । त्यस्तै सागर ढकाल र करण केसीले समान दुई–दुई विकेट झारे । जितसँगै पुलिस तीन खेलमा छ अङ्क जोड्दै समूह ‘बी’को शीर्षस्थानमा रहेको छ । पराजित लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ । रासस
Related News
सम्बन्धित समाचार
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस
प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१