राधालक्ष्मी पुरस्कार वियोगीलाई

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
Madav biyogi

हेमजा । छन्दनायक माधव वियोगीलाई राधालक्ष्मी साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

कवि, शिक्षासेवी तथा चिन्तक हेमजाका लक्ष्मीशरण उपाध्याय तथा उनकी धर्मपत्नी राधा पौडेलको स्मृतिमा परिवारजनबाट स्थापित सो पुरस्कार प्रथम पटक वियोगीलाई प्रदान गरिने भएको हो ।

हेमजा साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको संयोजकत्वमा प्राज्ञ कृष्णप्रसाद पौडेल, कोविदशरण उपाध्याय, माधवशरण पौडेल तथा शिव त्रिपाठी सम्मिलित प्रतिभा छनोट समितिको सिफारिसबमोजिम शनिबार वियोगीलाई ११ हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिनेछ ।

‘छन्द बचाऊँ अभियान–२०५३’ का अभियन्ता वियोगीले काव्यसंस्कृति आधार छन्दको प्रबद्र्धन गर्न, छन्द दिवस स्थापना गर्न र छन्दको पुनःजागरण गर्न पुर्‍याएको योगदानस्वरुप यो पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । स्व. पौडेल दम्पतीका छोराहरु केशवशरण तथा माधवशरण पौडेल लगायतले बाबुआमाको २ लाख २५ हजारको कोष स्थापना गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै