हाडजोर्नी तथा नसासम्बन्धी निशुल्क शिविर

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७९
Free Health Camps

लेखनाथ । पोखरा २८ मा निशुल्क स्वास्थ्य शिविर भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड माझठाना सौरे र रत्न शोभा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा बार्बरा हेल्पिङ ह्यान्डको प्राविधिक सहयोगमा जोर्नी तथा नसा रोगको निशुल्क स्वास्थ्य शिविर भएको हो ।

कार्यक्रममा पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले वडावासीहरु स्वस्थ रहनुपर्ने स्थानीय सरकारको चाहना रहेको बताए ।

हाड जोर्नी तथा नसा रोग विशषेज्ञ डा. रविमोहन ढकालले जनतालाई स्वास्थयमा जागरुक गराउने उद्देश्यले विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी बार्बरा हेल्पिङ ह्यान्डले निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।

सो अवसरमा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रप्रसाद जैसी, कालिका सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारी, रत्न शोभा माध्यमिक विद्यालयका शिक्षक पूर्णबहादुर खत्रीलगायतले बोलेका थिए ।

शिविरमा २ सय भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । रत्न शोभा मावि विव्यस अध्यक्ष सुकदेव लामिछानेको अध्यक्षतामा भएको कायृक्रम शिक्षक ऋषिराम रानाभाटले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै