पोखरा। पोखरामा आइतबार देखि तीन दिने हिमालयन भीगन महोत्सव २०७९ सुरु भएको छ ।
वल्र्ड भीगन अर्गनाइजेसन नेपालको आयोजना तथा नेपाल भेजिटेरियन सोसाइटी पोखराको सह–आयोजनामा महोत्सव सुरु भएको हो । प्रथम वृहत तथा विशुद्ध शाकाहारी अन्तर्राष्ट्रिय महोत्सव नाम दिइएको महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे ।
महोत्सवमा भनाई राख्दै मुख्यमन्त्री पोखरेलले शाकाहारी बन्नु सबैका लागि राम्रो हुने बताए । शाकाहारले जनस्वास्थमा मात्र टेवा मात्र नदिई स्वास्थ्य क्षेत्रमा सरकारले गर्दै आएको लगानी र खर्च पनि घट्न पुग्ने उनले बताए ।
कार्यक्रमका सभापती एवं नेपाल भेजेटेरियन सोसाइटी पोखराका अध्यक्ष ऋषिराम सापकोटाले पोखरा पर्यटकीय सहर भएको स्मरण गराउँदै आमन्त्रीत पाहुनालाई स्वागत गरे । महोत्सवमा विभिन्न २६ देशका झण्डै सय पाहुनाले भाग लिएका छन् ।
महोत्सवमा देशविदेशका पाहुनाले ज्ञान र अनुभव आदानप्रदान गर्ने छन् । आयोजक संस्थाका कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेका अनुसार महोत्सवमा सूचनामूलक प्रदर्शनी, कलाकारहरुको सहभागिता, भीगन खानाका विक्री कक्ष, भीगन प्रतिस्पर्धा, पाक शिक्षा प्रदर्शनी, चलचित्र प्रदर्शन, अन्तरक्रिया, फिटनेस पार्क, पाँच किलोमिटर म्याराथन दौड र बाल क्रियाकलाप समावेश छन् ।
भीगन भन्नाले माछामाशु र दुग्धजन्य पदार्थ सेवन नगर्ने तथा जनावरजन्य पदार्थबाट बनेका पोशाक र सामग्री समेत उपयोग नगर्ने भन्ने अर्थ सो अवसरमा बताइयो । ताओ एशोसिएशन अफ नेपालले महोत्सवलाई सघाएको छ । उक्त संस्थामा आवद्ध आमा समूहले कार्यक्रममा स्वागत नाच प्रसतुत गरेका थिए । बटुकहरुले उक्त अवसरमा स्वस्तिक वाचन पनि गरेका थिए ।
उद्घाटन कार्यक्रममा वल्र्ड भेगन अर्गनाइजेसन इन्टरनेश्नलका अध्यक्ष डा. सुशान्त सेन, गण्डकी प्रदेशका पर्यटन, वल्र्ड भेगन अर्गनाइजेसन नेपालका महासचिव अजित थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, आयोजक संस्थाका अध्यक्ष न्यौपाने लगायतले भनाई राखे । महोत्सवका अघिल्ला दुई संस्करण भदौ २८ र २९ गते लुम्बिनी तथा भदौ ३०, ३१ र असोज १ गते काठमाडौंमा आयोजना भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
hero news full width
मुख्य समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१