बालोदयमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
Balodaya mavis

पोखरा । पोखरा १७ बिरौटास्थित बालोदय माध्यमिक विद्यालयमा बाल दिवस अवसरमा पुरस्कार वितरण समारोह भएको छ । नयाँ व्यवस्थापनका साथ सञ्चालित विद्यालयले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा शैक्षिक सत्र २०७९ अन्तर्गत प्रथम त्रैमासिक अवधिभर सञ्चालन भएका शैक्षिक तथा सहक्रियाकलाप चित्रकला, अंग्रेजी अनुलेखन, नेपाली–अंग्रेजी वक्तृत्वकला, नेपाली रचनात्मक लेखन, राष्ट्रिय गीत गायन र दैनिक हाजिरीजवाफ लगायत प्रतियोगितामा उत्कृष्ट हुन सफल र कक्षा नर्सरीदेखि कक्षा १० सम्मका करिब ३ सय जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालायका संस्थापक समेत रहेका नवनियुक्त प्राचार्य टेकनाथ पौडेलले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन र उनीहरूको चौतर्फी विकासमा विद्यालयले हरेक कोणबाट अनुकूल वातावरण निर्माणमा लागि परिरहेको बताए । उनले उत्कृष्ट विद्यार्थीलाई बधाई तथा शुभकामना सहित हौसला प्रदान गरेका थिए ।

प्रथम त्रैमासिकमा हरेक कक्षाबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई ३ महिनाका लागि क्रमशः १ सय प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत जेहेनदार छात्रवृत्तिसहितको प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीले बताए ।

उनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सिसिए इन्चार्ज तथा शिक्षक ईश्वर ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै