पोखराकाे वडा १२ का स्थानीय स्वयंले अनधिकृत संरचना हटाउँदै

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
Ward 12 (3)

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १२ मा अनधिकृत तथा मापदण्ड विपरित निर्माण गरिएका संरचना स्थानीय स्वयंले हटाउन थालेका छन् ।

वडा कार्यालयले यही भदौ १२ गते सूचना प्रकाशित गरी ३५ दिन भित्र त्यस्ता संरचना हटाउन आव्हान गरेपछि स्थानीय स्वयंले संरचना हटाउन थालेको वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । स्थानीय रानीपौवा चोकदेखि अमरसिंह चोकसम्म ग्रिन वेल्ट निर्माण र पहिलो चरणमा हस्पिटल चोकदेखि भेटनरी अस्पतालसम्मको सडकमा दुबै तर्फ सडक पेटी (फुट ट्रयाक) तथा ग्रिन बेल्ट निर्माण गर्ने कार्यक्रम अन्तर्गत वडाले उक्त सूचना प्रकाशित गरेको वडा अध्यक्ष बास्तोलाले स्मरण गराए ।

यसका लागि सडकमा दायाँ बायाँ मापदण्ड विपरीत तथा अनधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु निर्माण गर्ने व्यक्ति तथा संस्था स्वयंले हटाउन वडाले आव्हान गरेअनुसार स्थानीय आफैंले त्यस्ता संरचना हटाउन थालेका हुन् । ‘अनधिकृत संरचनाहरु आफैले भत्काउन सुरु गरी व्यवस्थित गर्नु भएकोमा अमरसिंह चोकका व्यापारीहरु एवंम रानीपौवाका घर धनीहरु प्रती वडा परिवार हार्दिक सम्मान ब्यक्त गर्दछौं, यो अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद ।’ वडा कार्यालयले आफ्नो फेसवुक पेजमा उल्लेख गरेको छ ।

पोखरा– ५ का स्थानीयले पनि आफूले बनाएको मापदण्ड विपरितका संरचनाहरु स्वयं आफैंले भत्काउन थालेका छन् । वडा नम्बर ४ र ९ का कार्यालयले पनि अनधिकृत संरचना हटाउन सूचना जारी गरिसकेका छन् । वडा २५ मा पनि यस्तो अभियान सुरु भएको छ । पोखरा ९ महेन्द्रपुलमा रहेका आफ्नै स्वामित्वका भवनमा यही भदौ २३ गते महानगरले डोजर चलाएपछि अनधिकृत संरचना हटाउने अभियानले पोखरामा तिव्रता पाएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहले यसप्रकारको अभियान सुरुवात गरेपछि देशैभरि अहिले अनधिकृत संरचना हटाउने लहर चलेको छ ।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width