वालिङ । स्याङ्जा जिल्ला अदालतले लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आर्थिक वर्ष २०७८/०७९ का लागि ७ सय ३० वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा ७ सय ४६ मुद्दा फछ्र्यौट गरेको फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले बताए । उनका अनुसार अघिल्लो आव २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका ३ सय ८६ र गत आव २०७८/०७९ मा दर्ता भएका ५ सय ९६ गरी कुल १ हजार १ सय ८२ रहेका थिए । अदालतले १ हजार १ सय ८२ मुद्दामध्ये ७ सय ४६ मुद्दा फछ्र्याैट गरेको छ भने ४ सय ३६ मुद्दा चालु आवका लागि जिम्मेवारी सरेर आएका छन् ।
अदालतले गत आव २०७८/०७९ मा नयाँ ६ सय ८७ मुद्दा र अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ३ सय ८६ मुद्दासहित १ हजार ७३ मुद्दाको अनुमान गरेको थियो । अदालतले अनुमान गरेकोभन्दा विभिन्न प्रकृतिका १ सय ९ वटा मुद्दा बढी परेका उनले बताए । स्याङ्जा जिल्ला अदालतले गत आव २०७८/०७९ मा कुल मुद्दा १ हजार १ सय ८२ को ६३.११ प्रतिशत मुद्दाहरु फछ्र्यौट गरेको छ ।
अदालतमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध बिच्छेदका छन् । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका र नयाँ दर्तासहित ४ सय ६१ वटा छन् । जसमध्ये ३ सय ७१ वटा फछ्र्यौट भइसकेका छन् भने ९० वटा बाँकी छन् ।
अघिल्लो आव २०७७/०७८ मा ३ सय ४ वटा मुद्दा दर्ता भएकोमा २ सय ४० वटा फछ्र्यौट भएको थियो । ६४ वटा मुद्दा गत आव २०७८/०७९ मा जिम्मेवारी सरेर आएको थियो । तुलनात्मकरुपमा पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेदका मुद्दाहरु दर्ता हुने क्रम बढ्दै गएको छ । त्यस्तै दोस्रोमा अंशबण्डाका मुद्दा छन् । कुल १ सय ३१ वटा मुद्दामध्ये ६० वटा फछ्र्यौट हुँदा ७१ वटा बाँकी रहेका छन् ।
त्यस्तैगरी, नाता कायम ६६, जालसाजी ६४, लिखत बदर ५८, लेनदेन ५१, लागु औषध ३७, जबरजस्ती करणी २८, चेक अनादर १८, कर्तव्य ज्यान १८, जग्गासम्बन्धी १६, गाली बेइज्जति १५, वन मुुद्दा १५, जबर्जस्ती करणी उद्योग १३ लगायतका विभिन्न प्रकृतिका १ हजार १ सय ८२ मुद्दामध्ये ७ सय ४६ मुद्दा फछ्र्यौट भएका हुन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१