गौरीशंकरलाई युरोगार्ड सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
nelambo

हेमजा । नेलम्बो नेपालले गौरीशंकर बहुमुखी क्याम्पस हेमजामा सोमबार ३० हजार बराबरको युरोगार्ड सहयोग गरेको छ ।

युरोगार्ड हस्तान्तरण गर्दै नेलम्बो अध्यक्ष एकदेव देवकोटाले सहयोगसँगै क्याम्पसमा स्वच्छ पिउनेपानी सहज हुने विश्वास व्यक्त गर्दै संस्थाले सक्रियताका आधारमा सहकार्यको ढोका खोल्ने बताए । उनले नेलम्बोले शिक्षा, स्वास्थ्य, वातावरण र अनुसन्धानको क्षेत्रमा कार्य गर्दै आएको जानकारी पनि दिए ।

क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलले विपन्न विद्यार्थी अध्ययनरत शैक्षिक संस्थामा सहयोग गरेको भन्दै आभार प्रकट गरे । उनले नेलम्बोको क्रियाशीलताको प्रशंसा गरे ।

क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले नेलम्बोले महत्वपूर्ण सहयोग गरेकोमा खुसी व्यक्त गर्दै सहयोगको सदुपयोग हुने बताए । न्युनतम शुल्कमा क्याम्पसमा पठनपाठन भइरहेको भन्दै पौडेलले अधिकांश विद्यार्थी विपन्न समुदायका रहेको पनि जनाए । उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख दीपक त्रिपाठी, नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै