जातीय भेदभावविरुद्ध प्रशिक्षण

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७९
Dalit Mahila

पोखरा । दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा जातीय भेदभावविरुद्ध कानुन तथा अधिकारसम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण भएको छ । कार्यक्रममा पोखराका ३३ वडाका ५ वटा सञ्जालमा रहेका दलित महिलाको सहभागिता रहेको थियो । दलित महिला संघ कास्कीका सल्लाहकार लक्ष्मी खातीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी प्रमुख अतिथि, वडा महिला सदस्य लक्ष्मी पहारी विशिष्ट अतिथि थिए ।

पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले महिलाहरु घरमा मात्र सीमित नभई विभिन्न सीपमूलक तालिम लिई आत्मनिर्भर हुर्नेमा जोड दिए । कार्यक्रममा ५० जना दलित महिला सञ्जाल सदस्य सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै