पोखरामा पहिरोले पुरिएर २६ वर्षे सन्तोष सुनारको निधन

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७९
death

पोखरा । पोखराको लेकसाइडस्थित डिहिकोपाटनमा मध्यरातमा पहिरो जाँदा १ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति १२ बजेर ५५ मिनेटमा डिहिकोपाटन, पधेंरो बस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडि पहिरो आई घरको कोठा भत्किएको थियो ।

पहिरोले कोठा भत्कँदा उक्त कोठामा डेरा गरि बस्ने जिल्ला कास्की माछापूच्छ्रे गा.पा. वडा नं.१ भुर्जुङखोला, तातो पानी घर भएका २६ वर्षे सन्तोष सुनारको निधन भएको हो । घटनामा २७ वर्षे सुनिता सुनार घाइते भएकी छन् । उनको अवस्था अवस्था मध्यम रहेको र हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सुनिताकी १० वर्षे छोरी सिम्रन सुनारको शकुशल उद्धार गरिएको छ ।

घटनाको सूचना प्राप्त हुनसाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरि पौडेलको कमाण्ड १० जनाको टोली खटिएको थियो । थप मद्दतको लागि जि.प्र.का. कास्कीबाट प्र.ना.उ. सुन्दर तिवारीको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल कालिका गणबाट स.प्र.नि.उमेश ढकालको कमाण्डमा १५ जनाको टोलीले खटिएको थियो ।

यसैगरी राति परेको अविरल वर्षाको कारणले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २५ एक्वार भिरमा माथिबाट पहिरो आउँदा हेम्जाबाट लाचोक, घाचोक जाने पक्की सडक अवरोध भएको छ । उक्त स्थानमा अस्थाइ प्रहरी पोस्ट हेम्जाबाट प्रसनि. प्रेम थापाको कमाण्डमा प्रहरी टोली खटिई गई बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width