अन्नपूर्णको नीति तथा कार्यक्रम : पर्यटन उर्जा र पूर्वाधारलाई प्राथमिकता

आदर्श समाज सम्वाददाता
असार ९, २०७९
annapurna gaupalika program photo

हेमजा।अन्नपूर्ण गाउँपालिकाको आगामि आ.वको नीति तथा कार्यक्रम बुधवार गाउँसभाले सर्वसम्मत पारित गरेको छ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीद्वारा प्रस्तुत उक्त नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उर्जा र पूर्वाधारलाई प्राथमिकता दिइएको छ।
कृषि अन्र्तगत प्राड्गारिक मलको प्रयोग विस्तारमा जोड दिर्दै एक घर एक करेसावारी कार्यक्रमलाई प्रोत्साहन गरिनेछ।कम्तीमा ५ रोपनी क्षेत्रफलमा खेती गर्ने कृषकलाई पालिकाले विशेष सहयोग गर्ने, बाँदर आतङ्क न्यूनिकरणका लागि वनजंगलमा फलफूलका विरुवा रोप्ने, पालिका क्षेत्र भित्रका होटल तथा रेष्टुरेन्टमा रैथाने बालीका परिकार मेनुमा राख्न अनिवार्य गर्ने, कृषि संजाल गठन गरी संजाल मार्फत कृषिका गतिविधीहरु अगाडि बढाउने, एक घर एक टनेल कार्यक्रममा ५० प्रतिशत अनुदान दिने नीति गाउँपालिकाको छ।

त्यस्तै आवश्यकताका आधारमा प्रत्येक वडामा चिस्यान केन्द्र स्थापना गर्ने, माध्यमिक तहका विद्यालयमा कृषि तथा पशुपालन सम्बन्धी विषयवस्तुलाई अनिवार्य पाठ्यक्रममा राख्न लगाउने, गाउँपालिका स्तरीय कृषि तालिम केन्द्र, एकिृकत सेवा केन्द्र स्थापना गर्ने नीति पनि गाउँपालिकाले लिने भएको छ।

त्यस्तै पर्यटनतर्फ पालिकाले पञ्चासे, शितलगुफा, मणिको डिल, भुमे थान लगायतका धार्मिक पर्यटकीय स्थलहरुको गुरुयोजना निर्माण गर्ने, पर्यटकको बसाई अवधि बढाउन पर्यटन प्रबद्र्धनमा जोड दिने, बोटिङ, क्यानोनिङ, रक क्लाइमिङ, प्याराग्लाइडिङ जस्ता साहासिक खेलको विकास तथा प्रवद्र्धन गर्ने, अन्नपूर्ण आधार शिविर क्षेत्रभित्र अनावश्यक गतिविधिमा रोक लगाई त्यसको मौलिकता र सुन्दरता कायम राख्ने, घरवाँस कार्यक्रमको प्रवद्र्धन पनि गाउँपालिकाले गर्ने भएको छ ।

त्यसैगरी पूर्वाधारतर्फ गाउँपालिकाले एक गाउँ एक सडक निर्माण कार्यलाई निरन्तरता दिने भएको छ ।सडकलाई क, ख, ग, घ श्रेणीमा विभाजन गरी राष्ट्रिय तथा स्थानीय मापदण्ड पूर्ण रुपमा लागु गर्ने, मुख्य सडकलाई बाहौं महिना सहज रुपमा संचालनमा आउने बनाउने, कृषि उपजको संकलनका लागि केन्द्र निर्माण गर्ने, प्रदेश तथा संघ सरकारको सहयोगमा आवश्यक रहेका स्थानमा पुल तथा झोलुङे पुल निर्माणका लागि डिपीआर बनाउने नीति अन्नपूर्णले लिने भएको छ ।

पालिकाको प्रशासनिक भवन तथा प्रहरी चौकी भवन निर्माण गर्ने, जनता आवास कार्यक्रमलाई निरन्तरता दिने, जमिन चक्लाबन्दीलाई प्रोत्साहन दिने, एकिकृत वस्ती विकास योजना प्रारम्भ गर्ने, जीर्ण विद्युत् काठे पोललाई फलामे पोलद्वारा विस्थापन गर्ने नीति पनि अन्नपूर्णको छ।
त्यस्तै गाउँपालिकाले समृद्ध अन्नपूर्णःसुखी अन्नपूर्णवासी, एक कृषक एक दुहुनो गाई/भैसी, दुग्ध उत्पादनको मुख्य आधार कृत्तिम गर्भाधानद्वारा नश्ल सुधार, शिक्षकलाई सम्मान गरौं, बालबालिकालाई माया गरौं, एक विद्यालय एक नर्स कार्यक्रम, अध्यक्षसँग युवा लक्षित कार्यक्रम, ५० प्रतिशत अनुदानमा स्वास्थ्य विमा कार्यक्रमलाई पनि आत्मसात गर्ने भएको छ।

प्रस्तुत नीति तथा कार्यक्रम माथि धारणा राख्दै वडा नं. ५ का अध्यक्ष तथा कांग्रेस नेता जीवनाथ पौडेलले समग्रमा नीति तथा कार्यक्रममा पुरानै कुराहरु समेटिएको उल्लेख गर्दै कार्यान्वयन पक्ष चुनौतिपूर्ण रहेको औँल्याए ।उनले नेतृत्वको कार्यशैलीमा आधारमा गाउँपालिकाका गतिविधिमा कांग्रेसको सहयोग रहने पनि स्पष्ट पारे।

वडा नं. ६ का सदस्य निलकण्ठ चापागाईले अन्नपूर्ण आधार शिविर, प्रहरी प्रशासन तथा कतिपय सांस्कृतिक पक्षहरुका कार्यक्रम नीति तथा कार्यक्रममा थन्नुपर्ने बताए ।वडा नं.२ का सदस्य भानुभक्त दाहालले सस्तो लोकप्रियता कमाउने उद्देश्यले मात्रै नीति तथा कार्यक्रम ल्याउन नहुने औँल्याए।त्यस्तै २ कै सदस्य माया अधिकारीले नीति तथा कार्यक्रम राम्रो रहेपनि कार्यान्वयन पक्ष फिलतो बन्नसक्नेतर्फ सचेत गराइन्।

सभाले न्यायिक समितिको सदस्यमा वडा नं. १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी र ८ का अध्यक्ष विजय गुरुङ तथा वडा नं. ७ का अध्यक्ष भरतमान् गुरुङलाई पालिकाको प्रवक्ताको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

पालिका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले कार्यक्रम संचालन गरे।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width