सहकारीको संयुक्त रक्तदानमा ६२ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७९
Blood Donation

पोखरा । पोखरा ३३ स्थित सुरक्षापालुवा बचत तथा ऋण सहकारी संस्था लि.को बाघमारा बहुउद्धेश्यीय(साकोस) सहकारी लि.कोले गरेको रक्तदान कार्यक्रममा ६२ युनि रगत संकलन भएको छ ।

सुरक्षापालुवा बचत तथा ऋण सहकारी संस्था लि.को १६औं स्थापनादिवस र बाघमारा बहुउद्धेश्यीय(साकोस) सहकारी लि.को १० औं स्थापना दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सुरक्षापालुवा सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यलाई ब्लड ब्याग प्रदान गरेर कार्यक्रम उद्घाटन गरिन् । सामाजिक क्षेत्रमा दुबै सहकारीले अग्रणी भूमिकानिर्वाह गर्दै आइरहेको बताइन् । यो कार्यले सहकारीकोवीचको पारस्परिक सहयोगसँगै अन्तर सहकारीबीच कार्यगत एकता गर्न सकिन्छ भन्ने सन्देश दिएको कोइरालाले बताइन् ।

कार्यक्रममा बाघमारा सहकारीका संस्थापक अध्यक्ष डिल्लीराम बरालले स्वागत मन्तब्य प्रस्तुत गरे । नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रमको संचालन सुरक्षापालुवा सहकारीका संचालक निर्मल आचार्यले गरेका थिए । कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने रक्तदाता, प्राविधिक तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै बाघमारा सहकारीका अध्यक्ष तुलसीमणि अधिकारीले समापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width