काबुल । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । गरिरहेको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।
मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६,१३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ ।
विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद–उल–फित्र (संसारभरका मुस्लिमहरूले ईद–उल–फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो सङ्घर्षपूर्ण रह्यो ।
इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ ।
अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ।
Related News
सम्बन्धित समाचार
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
अयोध्यास्थित मन्दिरमा मूर्ति अनावरण
आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण
आइएनएफ नेपाललाई १ लाख युरोसहित अवार्ड
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१