विदेशसँगको हाम्रो व्यापार घाटा बढ्दै गएको र विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । यो स्थिति बढ्दै गएमा अर्थतन्त्र कहालीलाग्दो अवस्थामा पुग्ने अर्थविशेषज्ञहरुले गर्न थालेका छन् । एकतिर हाम्रो अर्थतन्त्र बिगँ्रदै जाने र अर्कोतिर श्रीलंका टाट पल्टिने स्थितिमा पुगेको समाचार आउने गरेकाले नेपालले समयमा नै उपचारका उपाय अपनाउनु पर्नेमा सबैको विचार हो । राष्ट्र बैंकले केही हप्ता पहिले आयातमा रोक लगाउने प्रावधान अपनाएको थियो तर अहिले सरकारले अरु उपचारका लागि हप्तामा २ दिन (शनिबार र आइतबार) बिदा दिने घोषणा गरेको छ । त्यसको साथै सरकारले विलासीताको साधन भन्दै मोबाइल, टेलिभिजन, मोटरसाइकल, मदिरा, तासलगायत १० प्रकारका वस्तु आयातमा रोक लगाएको छ ।
बिगँ्रदै गएको अर्थतन्त्र सुधारका लागि निश्चय नै केही न केही कदम चाल्नै पर्दथ्यो । यसमा विवाद छैन । नेपालीहरुले झल्झली श्रीलंकालाई देखेकोले यस्तो स्थिति आउन नदिन सरकारले केही कदम चालेको छ । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा धेरै विदेशी मुद्रा खर्च भएकोले पेट्रोलको खपत कम गर्ने उपायस्वरुप सरकारी कार्यालय, विद्यालय लगायतका संस्थाहरु हप्ताको २ दिन बिदा गर्ने निर्णय गरेको हो । एकातिर सरकारले यो घोषणा गरेको छ भने अर्कोतिर काम गर्ने समय कम नहोस् भनेर कार्यालयहरु बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म चालु राख्ने निर्णय गरेको छ । यो प्रावधानले प्रशासन यन्त्रमा ठूलो खैलाबैला ल्याएको छ । यसको पक्ष र विपक्षमा मानिसहरु विभाजित भएका छन् । कोही यो प्रावधानको पक्षमा छन् भने कोही यो अवधारणा फेल भइसकेकोले यो सफल नहुने भविष्यवाणी गर्दै छन् ।
सरकारले निर्वाचनको पूर्व सन्ध्यामा यो प्रावधान गरेकाले पनि यस तीव्र प्रतिक्रिया उत्पन्न हुने अनुमान छ । पहिले पनि सरकारले २ दिन बिदाको व्यवस्था गरेको थियो । संसारको अधिकांश देशहरुमा २ दिन बिदाको व्यवस्था गरेको थियो । संसारको अधिकांश देशहरुमा सातामा २ दिन बिदाको व्यवस्था छ । सरकारले यो व्यवस्था अहिले पनि परीक्षणको लागि गरिरहेकोले यसमा अहिले नै विरोध गरिहाल्नु आवश्यक छैन । प्रयोग गर्न खोज्नु नै अपराध होइन । हाम्रो मुख्य लक्ष्य भनेको अर्थतन्त्रको उपचार हो । यो उपचार विधिले अर्थतन्त्र सुधार हुन्छ कि हुँदैन, भए कसरी हुन्छ, हेर्नुपर्ने कुरा त्यो हो । संकट निम्तिने बेलामा नकारात्मक सोच राखेर मात्र हुँदैन । सकारात्मक किसिमले हेर्ने बानी पनि बसाल्नु पर्दछ र साझा कारणका लागि सहयोगको भावना हुनु पनि पर्दछ । यस्तो बेलामा सरकारले पनि के ख्याल राख्नु पर्दछ भने एकातिर पेट्रोलको आयात कम गर्न विदेशी मुद्रा बचाउन यस्तो अप्रिय कदम चाल्ने अर्कोतिर आफ्नो अन्य काममा पेट्रोल खर्च गर्ने र विदेशी मुद्रा अनावश्यक खर्च गर्न लाग्यो भने त्यो उचित हुने छैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१