पोखरा । स्थानीय तह निर्वाचनका लागि कास्कीका ५ पालिका प्रमुखमा ५२ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै, उपप्रमुखमा ३० जनाले उम्मेदवारी दिए । ५ पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी ३ सय ७० जनप्रतिनिधि चाहिनेमा १ हजार ४ सय ९१ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
पोखरामा आवश्यक १ सय ६७ जनप्रतिनिधिमा महानगर मेयर, उपमेयर, ३३ वटाका वडाध्यक्ष र सदस्य गरी ८ सय ६ जनाले उम्मेदवारी दिए । यो आवश्यक जनप्रतिनिधिको झन्डै ५ गुना बढी उम्मेदवारी हो ।
पोखरा महानगर प्रमुखमा २८ र उपप्रमुखमा ११ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । तीमध्ये प्रमुखमा स्वतन्त्रतर्फ ९ र उपप्रमुखमा १ छन् । मेयरमा मनोनयन दिनेमा कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य (गठबन्धन–नेकपा एस), शंकर खराल (राप्रपा), सुशीला केसी अधिकारी (विवेकशील साझा), तुमबहादुर रोका (राष्ट्रिय जनमोर्चा), मुक्तिनाथ सुवेदी (नेपाली जनता), अनिलकुमार राई (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), प्रेमप्रसाद गुरूङ (मंगोल नेसनल), मुना बानिया (आमुल परिवर्तन मसिहा), रोशनी बानियाँ बस्नेत (नेपालका लागि नेपाली), सिर्जनदेवी रिजाल कार्की (राष्ट्रिय नागरिक पार्टी), रनबहादुर दमै (देशभक्त समाज), शरणसिंह मोक्तान (पुरूष जनमत), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), गोविन्द गुरूङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी), आशीष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी) छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिनेमा खड्कराज पौडेल (गनेश), विमलबहादुर कार्की, डिलबहादुर गुरूङ, नवराज बास्तोला, किसानसिंह गुरूङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, सुनीलबहादुर कोइराला, ऋषिराम सापकोटा (स्वतन्त्र) छन् ।
उपमेयरतर्फ मञ्जुदेवी गुरूङ (एमाले), कोपिला रानाभाट (गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), माधव भण्डारी (विवेकशील साझा), रामबहादुर तामाङ (मंगोल नेसनल), पदमबहादुर गुरूङ (आमूल परिवर्तन मसिहा), चीना दवाडी (राप्रपा नेपाल), सोनी परियार (सचेत नेपाली), शीतला थापा (नेकपा समाजवादी), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी) र सोममाया विक (स्वतन्त्र) छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा ५७ जनप्रतिनिधिमा २ सय ६ जनाले मनोनयन दिएका छन् । ११ वडा रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा ११ र उपाध्यक्षमा ५ जनाले उम्मेदवारी दिए । अध्यक्षमा उम्मेदवारी दिएकोमा ३ स्वतन्त्र छन् ।
कास्कीमा ५ पालिका प्रमुखमा ५२ र उपप्रमुखमा ३० जनाको उम्मेदवारी
अध्यक्षमा विष्णुबहादुर केसी (एमाले), युवराज कुँवर (कांग्रेस), हरिमाया तिमिल्सिना अधिकारी (नेकपा माओवादी), नवराज पौडेल (जनता समाजवादी), तुलसी दाहाल (नेकपा एस), पूर्णचन्द्र चवार्इं (राप्रपा), मनतोष घले (मंगोल नेशनल) र दानबहादुर गुरुङ (राप्रपा नेपाल) छन् । यस्तै स्वतन्त्रबाट भक्त गिरी, पशुपति भण्डारी र इन्द्रबहादुर गुरुङले उम्मेदवारी दिए ।
गाउँपालिका उपाध्यक्षमा चन्द्रकला अधिकारी (एमाले), खिमकुमारी गुरुङ (कांग्रेस), धर्मबहादुर गुरुङ (नेकपा माओवादी), नन्दकुमारी भण्डारी (नेकपा एस) र सीतादेवी भण्डारी (राप्रपा) छन् ।
१२ वडा रहेको मादी गाउँपालिकामा ६२ प्रतिनिधिका लागि १ सय ७५ जनाले उम्मेदवारी दिएका छन् । पालिका अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जनाले नाम दर्ता गराएका छन् । मादी अध्यक्षका लागि शिवबहादुर गुरुङ (नेकपा एमाले), देवीजंग गुरुङ (कांग्रेस), वविता आचार्य अधिकारी (जनता समाजवादी), लीलामोहन कुइँकेल (राप्रपा) र सुनिल ढकाल (स्वतन्त्र) ले उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा कल्पना गुरुङ (नेकपा एमाले), लालबहादुर गुरुङ (नेकपा माओवादी) र सरला पौडेल (राप्रपा) छिन् ।
यसैगरी, ९ वटा रहेको माछापुच्छ्रे गाउँपालिकामा ४७ जना प्रतिनिधि आवश्यक पर्छ । जसमा १ सय ८७ जना चुनावी मैदानमा ओर्लिएका छन् । पालिका अध्यक्षमा ५ र उपाध्यक्षमा ६ उम्मेदवार छन् । अध्यक्षमा विक्रम गुरुङ (एमाले), मीनबहादुर गुरुङ (कांग्रेस), आशीष शाही (राप्रपा), इमराज मगर (मंगोल नेसनल) र पानबहादुर जिसी (स्वतन्त्र) छन् । उपाध्यक्षमा सीता तिवारी (एमाले), सीता अधिकारी (कांगे्रस) प्रवीण तिवारी (माओवादी), जगतबहादुर गुरुङ (जनता समाजवादी), आसिम गुरुङ (नेकपा एस) र राधा थापामगर (राप्रपा) छन् ।
७ वडा रहेको रुपामा ३७ जनप्रतिनिधि चाहिनेमा १ सय १७ जनाले मनोनयन दर्ता गराए । रुपामा ३ जनाले अध्यक्ष र ५ जनाले उपाध्यक्षका उम्मेदवारी दर्ता गराए । अध्यक्षमा नवराज गुरुङ (एमाले), गीमाया गुरुङ (कांग्रेस) र सोमनाथ अधिकारी (राष्ट्रिय जनमोर्चा) छन् । उपाध्यक्षमा लालसुबा गुरुङ (एमाले), नारायणकुमार श्रेष्ठ (कांग्रेस), नवराज बराल (नेकपा माओवादी), कपिल पौडेल (नेकपा एस) र शान्तिदेवी बोहोरा (राष्ट्रिय जनमोर्चा) ले उम्मेदवारी दिए ।
आइतबार र सोमबारलाई मनोनयन समय तोकिए पनि मंगलबार दिउँसो २ बजेसम्म पोखरामा मनोनयनको आवश्यक प्रक्रिया हुँदै थियो । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेदवारमात्र होइन कर्मचारीसमेत समस्यामा थिए । उनीहरूले सोमबार रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए । ‘आयोगले लजिष्टिक उपलब्ध गराएन । स्थानीय तहसँग माग्ने भन्यो । तर, पोखरा महानगरले पनि सहयोग गरेन,’ उनले भने, ‘कम्प्युटर र ल्यापटप छैन । हामीले व्यक्तिगत ल्यापटपबाट काम गरिरहेका छौं । जेनेरेटर नहुँदा केही समय कामै रोकियो ।’
२ प्रमुख र २ उपप्रमुख दोहोरिए
५ पालिकामध्ये प्रमुख र उपप्रमुखका लागि ४ जनाले दोहोर्याउने भएका छन् । पोखराको उपमेयरमा मञ्जुदेवी गुरुङ दोहोरिएकी छन् । एमालेकी गुरुङले २०७४ को निर्वाचनमा कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार बढी मतले हराएकी थिइन् ।
उता, कांग्रेसबाट अन्नपूर्ण गाउँपालिका प्रमुखमा युवराज कुँवर दोहोरिए । उनले यसअघि एमालेका विष्णुबहादुर केसीलाई हराएका थिए । रुपामा एमालेबाट प्रमुख र उपप्रमुखमा दुवै पुरानै अनुहार हुन् । प्रमुखमा नवराज ओझाले अघिल्लो चुनावमा कांग्रेसका प्रकाश खनाललाई र लालसुबा गुरुङ कांग्रेसकी गीमाया गुरुङलाई हराएकी थिइन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१