मेयरमा लड्न प्रदेश सांसद कृष्णबहादुर थापाले दिए राजीनामा

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
rajinama

पोखरा । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट सोमबार राजीनामा दिएका छन् । पोखरा महानगर पालिकको मेयरमा लड्न केन्द्रबाट टिकट पाएपछि उनले राजीनामा दिएका हुन् ।

राजीनामा दर्ता भएको र पत्र तयार भइरहेको प्रदेश सभा सचिवालय सचिव हरिराज पोखरेलले जानकारी दिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अब ५८ सदस्य काम छन् । राजमोका कृष्ण थापालाई पार्टीले कारवाही गरेपछि उनको सांसद पद गुमेको थियो । अब एमालेसँग प्रदेश सभामा २६ सांसद रहनेछन् ।

पूर्व मुख्यमन्त्री एवं एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले थापालाई मेयर हुनबाट रोक्न प्रदेश सांसदलाई टिकट नदिने बताएका थिए ।

यसअघि टिकट पाएका दीपक पौडेलेको सुन चोरी कान्डको भिडियो सार्वजनिक भएपछि थापाको पल्लाभारी भएको हो । थापामाथि पनि आफ्नै वडामा दलितमाथि विभेद गरेकाे आरोप छ । किरियापुत्री भवनमा दलितले किरियाकर्म गर्न खाेज्दा स्थानीयले अवराेध गरेकाे घटनमा उनी मुछिएका थिए । यसबारेमा प्रदेश सभामा समेत आवाज उठेकाे थियाे ।

थापा २०५४ सालमा पोखरा उपमहानगरको मेयर भइसकेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width