पोखरा । १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा अहिलेसम्म तारा एफसीका अजीत गुरुङ सर्वाधिक गोलकर्ता बनेका छन् । क्लब अध्यक्ष विजया गुरुङका अनुसार मंगलबार दोस्रो चरणको खेलअन्तर्गत तारा एफसी र नयाँगल्लीबीचको छैटौं खेलमा नयाँगल्लीविरुद्ध गुरुङले व्यक्तिगत ५ गोल गरेका थिए । गुरुङको सानदार ५ गोलसँगै तारा एफसी तेस्रो चरणमा प्रवेश गरेको हो ।
यसअघि तारा एफसी वाईसीएल एफसीको अनुपस्थितिमा वाकओभर पाएको थियो । योसँगै मंगलबार दोस्रो चरणका ८ खेल भए । पहिलो खेलमा एयरपोर्ट एफसीले भदौरे एफसीलाई ४–० गोलको फराकिलो अन्तरले पराजीत गर्यो । एयरपोर्टको जीतमा सिआर गुरुङले २ गोलको योगदान दिए भने अनिल महर्जन र निरज चौधरीले समान १ गोल गरे ।
दोस्रो खेलमा आयोजक सेतोले बैले एफसीलाई ३–० गोलअन्तरले हरायो । आयोजकको जीतमा अन्जन देवकोटा, राम्जी र टीकाराज गुरुङले समान १ गोल गरे ।
तेस्रो खेलमा मसिना एफसीले सिम्पानी एफसीलाई ५–० गोलको फराकिलोअन्तरले सहज जीत निकाल्यो । मसिनाको जीतमा दीपेश श्रेष्ठ, प्रताप गुरुङ, सञ्जु नेपाली, सिद्धान्त गुरुङ र कैलाश श्रेष्ठले समान १ गोल गरे ।
चौथो खेलमा करापुटार एफसी टिमले एम टुभेल ‘बि’ माथि २–१ गोलअन्तरले संघर्षपूर्ण जीत निकाल्यो । करापुटारको जीतमा मुकेश दुरा र कन्या गुरुङले समान १ गोलको योगदान दिए भने एम टुभेलको तर्फबाट रुविन गुरुङले सान्त्वना १ गोल गरे । पाँचौ खेलमा एम टुभेलले काउरे बयारघारीलाई १–० गोल अन्तरले पराजिगत ग¥यो । डिफेण्डिङ च्याम्पियन एम टुभेलको जीतमा काजन गुरुङले निर्णायक गोल गरे ।
यस्तै, एलजी एशोसिएसनले दीप युनाइटेडलाई १–० गोलअन्तरले संघर्षपूर्ण जीत निकाल्यो । एलजीको जीतमा सिद्धार्थ रन्जितले निर्णायक गोल गरे । अन्तिम खेलमा स्याङ्जा एफसीले बिटी एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । स्याङ्जाको जीतमा रोनिश गुरुङ मुक्त थापाले समान १ गोल गरे भने बिटीको तर्फबाट सप्नीत गुरुङले जवाफी सान्त्वना १ गोल गरे । बुधबार पनि दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१