भेट्रान्स फुटबलमा सेमीफाइनलकाे समीकरण पूरा

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
Bagar Bhai Khalak Football Photo

पोखरा । बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वार्टरफाइनलबाट एबिसी भेट्रान्स ‘ए’ ले आयोजक बगर भाइखलक हरियोसँगको भेट पक्का गर्दा नागसोतीले बुटवल भेट्रान्सले टि बर्गर भेट्रान्सको सामना गर्नेछ ।

टुँडीखेलमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा एबिसी भेट्रान्स ‘ए’ ले हेटौडा रातोलाई टाइब्रेकरमा ३–१ ले पछ्याउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । उक्त खेलमा एबिसीका गोलकिपर सूर्यप्रसाद शर्माले विपक्षी टिमको प्रहार जोगाउँदै म्यान अफ दि म्याच प्रतियोगिताका प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिए ।

दोस्रो क्वाटरफाइनलमा खुमलटार काठमाडौंसँग निर्धारित समयमा कुनै गोल नभएपछि टाइब्रेकरमा टि बर्गर २–१ ले जित्दै सेमिफाइनल प्रवेश गरेको हो । उक्त खेलमा गोलरक्षक मीनबहादुर बस्नेतले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सेमिफाइनलमा पु¥याएका थिए । बस्नेत नै खेलमा म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो खेलमा पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’ को उत्कृष्ट प्रदर्शनमा आयोजकको हरियो टिमले सेमिफाइनलमा पोखराकै अर्को क्लब एबिसीसँगको भेट पक्का गरेको हो । आयोजकले पाहुना टोली भनिमण्डल ललितपुरलाई २–० ले पराजित गरेको हो । म्यान अफ दि म्याच ईश्वर र प्रकाश गुरुङले समान १÷१ गोलको योगदान दिए । अन्तिम खेलमा नागसोती भेट्रान्सले बुटवल भेट्रान्ससँग टाइब्रेकरमा नै ४–३ ले जित्दै टि बर्गरसँग भिड्ने भएको हो । खेलमा बुटवलका सञ्जीव खड्की म्यान अफ दि म्याच घोषित भए ।

उपाधि विजेताले १ लाख ५१ हजार र उपविजेताले ७५ हजार ५ सय सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जनाए । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित जनही ५ हजार दिइने छ । सेमिफाइलन पुग्ने २ टिमलाई जनही १० हजार उपलब्ध गराइनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित १० हजार प्रदान गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width