चक्कू प्रहारबाट १६ महिने बालकको मृत्यु, दिदी घाइते

आदर्श समाज सम्वाददाता
पौष २८, २०७८
Knife

स्याङ्जा, २८ पुस । स्याङ्जामा चक्कू प्रहारबाट एकाघरका भाइको मृत्यु भएको छ भने दिदी घाइते छिन् । वालिङ नगरपालिका वडा १०, भकुण्डे निवासी रनमाया गुरुङका १६ महिने छोरा साइमनको मृत्यु भएको हो । त्यस्तै, साइमनका ५ वर्षीया दिदी साइना घाइते भएकी छिन्। पर्वत घर भई हाल भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ चक्कू प्रहार गरेको अभियोगमा पक्राउ परेका छन्।

स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारी भन्छन्, ‘दिउँसो साढे १ बजे रनमायाको १६ महिने छोरा साइमनको घाँटीमा चक्कू प्रहार गरेको र त्यसपछि उपचारक्रममा प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा मृत्यु भयो ।’ मृतकका ५ वर्षीया दिदी साइनाको घाँटी, बायाँ हातको बूढी औंलामा चोट भएकाले सोही प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width