पोखरा । धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २१ औ साधारणसभा एवं छैटौं अधिवेशनले देवीजंग गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
समिति उपाध्यक्ष खड्कबहादुर थापा, सचिव खुसीमान गुरुङ र कोषाध्यक्ष डम्बरजंग गुरुङ चयन भए । सदस्यमा कल्पना थापा क्षत्री, पदममाया गुरुङ, पूजन राजभण्डारी शाक्य, खुसीमाया गुरुङ, नरबहादुर गुरुङ छन् । लेखा संयोजक सनकमान सिके चयन भए ।
त्यसअघि साधारणसभा उद्घाटन गर्दै सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले सहकार्यको भावनासहित बचत ऋणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्नुपर्ने बताए । सहकारीले अवस्था बुझी कारोबारसहितका कार्यक्रम गरेमा परिमाण देखिने उनको सुझाव थियो ।
कार्यक्रममा उत्कृष्ट व्यवस्थापनतर्फ व्यवस्थापक कुशल कार्की र रुपा गुरुङ, ज्येष्ठ सदस्य थमनसिंह गुरुङ, गमबहादुर गुरुङ, गणेश गुरुङ, उत्कृष्ट बचत कारोबारी, सेयर सदस्य तथा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरीएको थियो । सहकारी अध्यक्ष टोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष थमप्रसाद शेरचन, पूर्व अध्यक्ष चन्द्राकुमारी गुरुङ, निर्वाचन संयोजक तथा कानुनी सल्लाहकार दामोदर अधिकारी, उपाध्यक्ष देवीजंग गुरुङ, सचिव थिरबहादुर थापा, कोषाध्यक्ष वसन्त भट्टचन, शिक्षा संयोजक कल्पना थापा क्षत्री, सदस्य पूजन शाक्य, सनकमान सिके लगायतले बोलेका थिए । सहकारीको २१ करोडको कारोबार रहेको सचिव थिरबहादुर थापाले बताए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१