पोखरा । गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा १६ नाटक छनोट भएका छन् । पोखरा थिएटरको आयोजनामा दोस्रो संस्करणको सो महोत्सवमा २४ मध्येबाट १६ नाटक पहिलो चरणमा छनोट गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । उनका अनुसार नाटकको विषयवस्तु, भाषाशैली, संवाद, प्रस्तुति लगायत आधार मानेर छनोट समितिले नाटक छनोट गरेको हो ।
छनोटको लागि कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन थिए । छनोटमा परेका नाटकलाई १५ दिनको रिहर्सलपछि १० नाटकको अन्तिम छनोट हुनेछ । माघ ११ देखि १५ सम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।
कास्कीबाट मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासीय माविको शान्तिको ‘अशान्ति’, आर्या मिश्रको लेखन तथा निर्देशनमा गण्डकी बोर्डिङको ‘पीडा’ र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको ‘आरोहअवरोह’ शीर्षकको नाटक रहेका छन् ।
दोस्रो संस्करणको प्रदेशस्तरीय नाटक महोत्सवमा १६ नाटक छानिएका हुन्
तनहुँबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माविको ‘नामबिनाको चिर्कटो’ र आकाश अधिकारीको लेखन तथा नारायणी अधिकारीको निर्देशनमा आदिकवि भानुभक्त क्याम्पसको ‘समय संवाद’ छनोट भए । लमजुङबाट भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको ‘धनबहादुर’, मीरा नेपालीको लेखन तथा प्रतिभा अधिकारीको निर्देशनमा शैलपुत्री नमुना माविको ‘नारीको सम्मान, मानवताको पहिचान’ र सूर्यबहादुर केसीको लेखन तथा पशुपति न्यौपानेको निर्देशनमा विद्याज्योति माविको ‘जीउँदा लासहरु’ छनोट भए । यस्तै, गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ति माविको ‘एक समर्पित छोरा’, नवलपुरबाट लीलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्राविको ‘हराएको खुसी’, डिला भट्टराई, लक्ष्मी सापकोटा र विष्णु काफ्लेको लेखन तथा सृष्टि भट्टराईको निर्देशनमा सरस्वती माविको ‘असलबुहारी’, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन माविको ‘जिम्मेवार को ?’ र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माविको ‘सक्षम छात्रा’ नाटक रहेका छन् ।
म्याग्दीको बेनी सामुदायिक माविको ‘बालविवाह’ छनोट भयो । यो नाटक कर्ण बस्यालको लेखन र रामचन्द्र पौड्यालले निर्देशनमा बनेको हो । बागलुङको कालीगण्डकी आवासीय माविको ‘विदेशिनु पर्दाको पीडा’ छनोट भयो । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा सो नाटक बनेको हो । मीना रेग्मीको लेखन र रेजिना मल्लले निर्देशनमा पर्वतबाट न्यु होराइजन स्कुलको ‘मेरो समाजमा नारी’ छानिएको आयोजकले जनाएको छ ।
‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ नाराका हुने महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एवं नेपाल संगीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाडौं र पोखरा प्रज्ञा प्रतिष्ठान पोखराले सहकार्य छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१