पोखरा । टिभिएस रेडर सप्तरंग–३ को देश दौडाहामा निस्केको सांगीतिक कार्यक्रम पोखरामा शुक्रबार हुँदैछ । पोखराको अमरसिंह चौरमा साँझ ५ बजेदेखि हुने सो कार्यक्रम पूर्व कलाकार सम्मिलित ¥यालीसमेत निस्कने छ । देशका अन्य प्रदेशमा सांगीतिक कार्यक्रमको सफलतासँगै गण्डकी प्रदेश राजधानी पोखरामा कार्यक्रमसँगै यो सांगीतिक कार्यक्रमको समापन हुने छ ।
नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको लागि आवश्यक तयारी पूरा भएको स्थानीय आयोजक बार्दली मिडियाका निर्देशक मन क्षत्रीले बताए । देशका ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक कार्यक्रम निशुल्क हेर्न पाइने भएपछि आयोजकले दर्शकको उपस्थिति ठूलो संख्यामा हुने पनि अपेक्षा गरेको छ ।
सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्रीको प्रस्तुति रहनेछ । सप्तरंगको टोली मंसिर २४ देखि देश दौडाहामा निस्केको हो । यसअघि सो टोलीले प्रदेश १ को काकडभिट्टादेखि सुदूरपश्चिम प्रदेशसम्ममा आफ्नो सांगीतिक कार्यक्रम पस्किसकेको छ । पोखराको प्रस्तुतिसँगै यो वर्षको लागि तेस्रो संस्करणको समापन गरिने ग्रिस्मा ब्रोर्डकास्टिङ प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।
राजेश हमालदेखि अस्मिता अधिकारीको प्रस्तुति रहनेछ
कार्यक्रम प्रवद्र्धकमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा टुरिजम बोर्ड हो । त्यस्तै, सहयोगीमा बेकन एजुकेसन, भिबोन फर्निचर, मेडिप्लस अस्पताल, पोखरा बस व्यवसायी, पृथ्वी बस व्यवसायी, कफीघर, कस्मिक कम्प्युटर, परिचय एड्भरटाइजिङ, एसके साउन्ड, होटल तुलिप पोखरा इन, डुंगा रेस्टरेन्ट र नर्थ बिच रेस्टुरेन्ट छन् । कार्यक्रममा गण्डकीका मन्त्री, पोखरा महानगर कार्यवाहक प्रमुख, प्रदेश प्रहरी प्रमुख लगायत उच्च पदस्थ व्यक्तिको समेत सहभागिता रहने बार्दली मिडियाका निर्देशक मन क्षत्रीले बताए । करिब ३ घण्टासम्म चल्ने गरमागरम सो सांगीतिक कार्यक्रमले पुसको ठण्डी बिर्साउने छ ।
टिभीएस रेडरले ६५०० आरपिएममा ११.५ एनएम टर्क र ८००० आरपिएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१