स्याङ्जा। नेपाली कांग्रेस गण्डकी प्रदेशको महामन्त्री पदमा स्याङ्जाका मेखलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।
हाल गण्डकी प्रदेश शिक्षा तथा सामाजिक विकास मन्त्री समेत रहेका श्रेष्ठले आसन्न १४ औं महाधिवेशन अन्र्तगतको प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने जानकारी गराए। प्रदेश अधिवेशन यही मंसिर १६ र १७ गते पोखरामा हुने भएको छ।
नेपाली कांग्रेसको प्रदेश संगठनलाई सुदृढ र संगठित बनाउन आफूले उम्मेदवारी दिने घोषणा गरेको उनले जनाए। नेपाली कांग्रेसको संगठनलाई प्रदेशका सबै जिल्लाका भातृसंगठन र शुभेच्छुक संस्थासंग समन्वय गर्दे चलायमान बनाएर मुलुककै उत्कृष्ठ प्रदेश बनाउने लक्ष्य रहेको उनले सुनाए।
विस २०४२ सालमा दहथुम माध्यमिक बिद्यालयबाट स्कुले राजनीति सुरु गरेका उनी २०४५ सालमा नेपाल बिद्यार्थी संघ वालिङ् क्याम्पसको सभापति हुदै जिल्लाको उपाध्यक्ष बने। ०४५ सालको राजनीतिक आन्दोलन लगायत बिभिन्न आन्दोलनमा सक्रिय सहभागी बनेको उनी पटक पटक पक्राउ परेर जेल जीवन बिताएका छन्।
Related News
सम्बन्धित समाचार
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१