आयुर्वेद स्वास्थ्य शिविरमा २ सय बढी लाभान्वित

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
health camp (1)

बेनी । रघुगंगा गाउँपालिका–६, पाखापानीमा शनिबार निशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सयभन्दा बढी लाभान्वित भएका छन् ।
गाउँपालिकाको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा भएको शिविरमा पाखापानी तथा आसपासका क्षेत्रबाट १ सय ५ पुरुष, १ सय २० महिला गरी २ सय २५ जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्धिप्रसाद पौडेलको नेतृत्वमा भएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण र पञ्चकर्म विधिबाट उपचारसमेत गरेको थियो । आयुर्वेदिक औषधीबारे जानकारी अभाव हुँदा सामान्य रोगलाई समेत पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै आयुर्वेद औषधीको प्रयोग तथा विधिबारे जानकारी गराइएको थियो ।
गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले शिविर उद्घाटन गर्दै जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार शिविरको आयोजना गरिएको बताइन् । शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनीमा कार्यरत डा सन्देश अधिकारी र कविराज निरीक्षक दामोदर शर्मा, महेन्द्र राखु आयुर्वेद औषधालयका कविराज निरीक्षक लक्ष्मण शर्मा चालिसे, वैद्य निरीक्षक प्रेमप्रसाद गौतम, वैद्य विनोदकुमार यादवले चेकजाँच गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width