लेखनाथ । जनता बहुउद्देश्यीय सहकारी, पोखरा–३० को १० औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले कुलबहादुर रानाभाटको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।
समिति उपाध्यक्षमा विश्वराज लामिछाने, सचिव भरतराज ओझा, कोषाध्यक्षमा सनबहादुर गुरुङ, सदस्यमा प्रेमराज बसौला, दयाराज भण्डारी, पुष्पराज अधिकारी, लक्ष्मी त्रिपाठी ओझा, रञ्जना बराल, दामोदरप्रसाद पण्डित, कृष्णप्रसाद पौडेल चयन भए ।
लेखा समिति संयोजकमा रामचन्द्र भण्डारी, सदस्यमा शान्ति सिग्देल, लक्ष्मण विजयपति छन् ।
निर्वाचनमन्डलमा संयोजक फणीन्द्रराज कोइराला र सदस्यमा मुक्तिप्रसाद रेग्मी र सुरेन्द्र लामिछाने थिए ।
यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले राज्यको तीनखन्डे अर्थनीतिका कारण सहकारीलाई करको भार नभइ करको दायरा बढाउनु पर्ने बताए ।
उनले जनतालाई आर्थिक शोषणबाट मुक्त पार्नुपर्ने सुझाव राख्र्दै सहकारीलाई उत्पादन क्षेत्रमा लगानी गर्दै स्वरोजगारमूलक उत्पादन गर्न र सहकारीका सिद्धान्त कार्यन्वयनमा जोड दिनु पर्ने धारणा राखे ।
संस्थाका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विश्वमोहन पौडेल, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, २७ का वडाध्यक्ष चेतबहादुर गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, रुपा बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजु खत्री, गौतम ऋषि बचत तथा ऋण सहकारीका अध्यक्ष, लक्ष्मीप्रसाद त्रिपाठी लगायतले बोलेका थिए ।
संस्थाले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, उपमहासचिव जानुका अधिकारी, कोषाध्यक्ष भरतराज ओझा र सदस्य सजना बराललाई सम्मान गरिएको थियो ।
यस्तै, संस्थाका सदस्यका एसइईमा उत्कृष्टलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको सात सिद्धान्त वाचन संस्थाका शिक्षा उपसमिति संयोजक दयाराम भण्डारी र सञ्चालन सचिव विश्वराज लामिछानेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१