म्याग्दी । बुधबार बिहानदेखि तलबको माग गर्दै बेनी अस्पतालमा आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी काममा फर्किएका छन् । साँझ अन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच रोकिएको ३ महिनाको तलब उपलब्ध गराउने सहमति भएपछि आन्दोरत पक्ष नियमित काममा फर्किएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए ।
उनका अनुसार समस्या समाधानका लागि आन्दोलनरत पक्ष, अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारले पठाएका लेखापाल नारायण सुवेदी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिबीच छलफल भएको थियो । अस्पतालमा कार्यरत १२४ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको असारदेखि रोकिएको तलब भत्ता बिहिबार बिहानसम्म उपलब्ध गराउने सहमति भएको हो ।
आन्दोलनका कारण अस्पतालमा इमर्रजेन्सी शाखा बाहेकका सबै सेवा बन्द भएको थियो । सेवा अवरुद्ध हुँदा अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो । औषधी उपचार र प्रशासनिक काम ठप्प पारेर उनीहरु आकस्मिक कक्ष अगाडि धर्ना बसेका थिए ।
बहिरंग, ल्याब, आँखा उपचार लगायत औषधी सम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।
Related News
सम्बन्धित समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१